धरानमा विमानस्थल नबन्ने भएपछि हर्कको अभद्र टिप्पणी

१४ फागुन ८०, मंगलबार

१५ फागुन, विराटनगर ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनका क्रममा यस्तो देखिएको हो । सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ । “सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वन वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय हो । प्राधिकरणले इन्जिनियर नलबहादुर थापाको अध्यक्षतामा बनाएको समितिले दिएको प्रतिवेदनअनुसार धरानमा विमानस्थल निर्माण सम्भव नरहेको हो । यसअघि धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले चर्को दबाब दिइरहेका थिए ।

उनले कुनैपनि अवस्थामा विमानस्थल बनाइछाड्ने बताउदै आएका छन् । उनको दबाब पछि नै सरकारले एक समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरण पुगेको हो । धरानमा विमानस्थल बनाउन पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको लागिपरेका थिए ।

Advertisement

प्राधिकरणले यसअघि २ पटक गरेको अध्ययनले पनि धरानमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको देखाएपनि मन्त्री किरातीले आवश्यकताभन्दा पनि धरानवासीमाझ लोकप्रियता आर्जनका लागि कार्यदल गठन गर्न लगाएका थिए । कार्यदल गठनपछि मेयर हर्कले मन्त्रालय पुगेरै मन्त्री किरातीलाई नीतिमा के छ भनेर हेर्ने होइन । नीति बाधक भए सरकारले फेर्न सक्छ ।

तर विमानस्थल धरानका जनताको माग हो । यो माग कुनै हालतमा सम्बोधन गरिनुपर्छ भनेका थिए । सोही वमोजिम नै कार्यदल बनेको थियो । अब कार्यदलको प्रतिवेदनले उनीहरुको योजनालाई गलत ठहराईदिएको छ । यद्यपि प्रतिवेदन सार्वजनिक भएपछि पनि मेयर हर्कले अभ्रद किसिमको टिप्पणी गरेका छन् , उनले सामाजिक संजालमा लेखेका छन्, तेरो नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु… ।

नेताहरुको लहडमा जथाभावी विमानस्थल बनाइएका कारण अहिले नै १८ वटा विमानस्थल संचालनमै आउन सकेका छैनन् । जहाँ अर्बाैै रुपैया बजेट खेर गएको छ । धरान नजिकै विराटनगर विमानस्थल रहेको छ । जुन धरानबाट ४० नटिकल माइलभन्दा कम दूरीमा रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top