×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल ११ औं पटक फाइनलमा स्तब्ध, साम्बा सर्वाधिक गोलकर्ता

१८ फाल्गुन २०८०

फागुन १८ , एजेन्सी।
पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । योसँगै नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि चुम्नबाट चुकेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले बिहीबार राति भएको वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको उपविजेतामै चित्त बुझायो।

फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थिइन् । निर्धारित समयको ७३औँ मिनेटमा जोर्डनकी फेरासले जवाफी गोल गरिन् ।

Advertisement
Advertisement

यसैगरी ८९औँ मिनेटमा जोर्डनकी अबु साबाले गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाइन् । इन्जुरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी प्रहारको अवसर पायो । त्यो अवसरलाई सदुपयोग गर्दै नेपालका लागि गिता रानाले नेपालका लागि दोस्रो गोल गरिन् । गिताको गोलपछि निर्धारित समयको खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो ।

तर, पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५–३ गोलले हरायो । फिफा वरीयतामा आफूभन्दा ३१ स्थानमाथिको जोर्डनविरूद्ध नेपालले बहादुरीपूर्ण प्रदर्शन गरेको थियो। खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन्। सेमिफाइनलसम्म नेपालका लागि खेल्दा ९ गोल गरेकी साम्बा फाइनलअघि फ्रान्स गएकी थिइन्।

साम्बा वाफको सर्वाधिक गोलकर्ता बनिन्। पेनाल्टी सुटआउटमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो। यससँगै नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भयो।

सन् २०१० यता नेपाली महिला टिमले एघारौं फाइनल खेले पनि उपविजेतामै चित्त बुझाउन बाध्य भयो। नेपाली टिमले साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा स्थान बनाए पनि उपाधि जित्न भनेको सकेको छैन। सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफको फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो। सन् २०२२ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगलादेशसँग पराजय भोगेको थियो।

यस्तै नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको छ। नेपालले २०१९ मा भारतमा भएको वुमन्स गोल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो। तर नेपाली टिम उपाधि भिडन्तमा म्यानमारसँग पराजित हुन बाध्य भयो।

सन् २०१९ मै किर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि नेपालले उपविजेतामै चित्त बुझाउन परेको थियो। यसअघि पनि नेपालले १० पटक विभिन्न प्रतियोगिताको फाइनल खेल खेलेको थियो । तर, उपाधि भने चुम्न सकेको थिएन । प्रतियोगितामा नेपाल आमन्त्रित टोलीको रुपमा सहभागी भएको थियो ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top