खाना मागिरहेका गाजावासी गोलीले भुटिए, विश्व आक्रोशित

फागुन १८ , एजेन्सी।

गाजामा सहायताको पर्खाइमा रहेका बेला ११२ प्यालेस्टाइनी मारिएका छन् भने ७६० जना घाइते भएका छन् । भीडले गाजा सहरको दक्षिणपश्चिमी तटीय सडकमा लरीहरूलाई घेरेका थिए । यो सबै इजरायली ट्याङ्कहरूको उपस्थितिमा भएको थियो । इजरायली सेनाले ट्याङ्कहरूले चेतावनी स्वरुप गोली चलाएपनि सहायता टोलीमाथि आक्रमण नरोकिएको बताएको छ ।

केही प्यालेस्टाइनीहरूले भने ट्याङ्कहरूले उनीहरूमाथि सीधै गोली हानेको बताएका छन् । बीबीसी रिपोर्टका अनुसार एक प्यालेस्टाइनीले लरी चालकले गाडीलाई अगाडि धकेलेका कारण धेरै मानिसलाई किचेको बताएका छन् । इजरायली हवाई फुटेजले लरीहरूमा र वरपर सयौं मानिसहरू देखाएको छ।

Advertisement

गाजाको स्वास्थ्य मन्त्रालयले मृतक र घाइतेको तथ्यांक दिँदै इजरायललाई ’नरसंहार’ गरेको आरोप लगाएको छ। घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ । फ्रान्सले खाना लिन खोजेका मानिसहरूमाथि गोली चलाउनु अनुचित भएको बताएको छ।

यसप्रति अमेरिकी राष्ट्रपतिले पनि चिन्ता व्यक्त गरेका छन् । इजरायली अधिकारीहरूले सैनिकहरूले गोली चलाएको स्वीकार गरेका छन्। भीडबाट धम्की पाएपछि सिपाहीहरूले गोली चलाएको उनीहरुले बताएका छन्। यससँगै उनीहरुको गोलीबारीमा १० जनाभन्दा बढीको मृत्यु नभएको पनि बताइएको छ ।

Advertisement

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा गाजा सहर र सम्पूर्ण उत्तरी गाजालाई इजरायली हवाई, समुद्री र स्थल हमलामा निशाना बनाइएको छ। यी क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र धेरै महिनादेखि यस क्षेत्रबाट पलायन भएका छन् । कुनै पनि सहायता उनीहरूमा पुग्न सकेको छैन।

योसँगै करिब पाँच महिनाअघि सुरु भएको इजरायल–हमास युद्धमा मारिनेको संख्या ३० हजारभन्दा बढी पुगेको छ । गाजा स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा मारिने प्यालेस्टिनीको संख्या ३० हजार ३५ पुगेको छ भने ७० हजार ४५७ जना घाइते भएका छन् ।

यस तथ्याङ्कमा मारिएका सर्वसाधारण र सैनिकको विवरण नआए पनि झण्डै दुई तिहाइ महिला र बालबालिका रहेका छन् । यता सहायता समूहहरूले गाजाको धेरैजसो क्षेत्रमा मानवीय सहायता पु¥याउन लगभग असम्भव भएको बताएका छन् । संयुक्त राष्ट्रसंघले गाजाको २३ लाख प्यालेस्टिनी जनसंख्याको एक चौथाई भोकमरीको सामना गर्न बाध्य भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल किद्राले बिहीबारको आक्रमणमा कम्तीमा ११२ जनाको ज्यान गएको र ७६० जना घाइते भएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

सम्बन्धित समाचार

Scroll to Top