×

NEPAL TIMES UPDATES

Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026

१५ महिनादेखि आदेश कुर्दै सिद्दीकी

१९ फाल्गुन २०८०

१९ फागुन , विराटनगर ।

नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहिन्सा सिद्दीकी) बिगत झन्डै १५ महिनादेखि प्रहरीको हिरासत हुदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागार पठाइएको अवस्था छ । उनको आठ पटक पेशी सरिसकेको छ भने अझै फैसला कुरेर बसिरहेका छन् । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नु परेको सिद्दिकीको जिकिर छ । उता नेपाल टाइम्सका अर्का साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दिकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ । अरुण राठी र सहिन्सा सिद्दिकीको मुद्दाको अहिलेसम्मको घटनाक्रम यस प्रकार रहेको छ ।

Advertisement
Advertisement

१. २०७९ मंसिर १४ गते घटना घटेको भनिएको मितिः

२. २०७९ मंसिर १८ गते जाहेरवाला अरुण राठीले प्रहरीमा सहिन्सा सिद्दीकी बिरुद्ध जाहेरी ः अरुण राठीले प्रहरीमा शहेन्षा सिद्दिकीले आफूलाई अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको ।

३. २०७९ सालमंसिर २९ गते शहेन्षा सिद्दीकीद्वारा प्रहरीमा आत्मसमर्पण ः फेसबुकमा स्टाटस लेखेर अनुसन्धानमा सहयोग गर्नको निम्ति सहिन्सा सिद्दीकी स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए पश्चात् उनलाई जिल्ला प्रहरी कार्यालयले थुनामा राखेको ।

४. २०७९ फागुन १४ गते जाहेरवाला अरुण राठी र उनकी श्रीमती ललिता राठीको अदालतमा बक पत्र ःउक्तबक पत्रमा आफ्नो श्रीमान अरुण राठीले २ दिनपछि परिवार सामु घटनाबारे जानकारी गराएपछि मात्र आफुले थाहा पाएको कुरा ललिता राठीद्वारा ब्यक्त । अरुण राठीको भनाइ अनुसार सहिन्सा सिद्दिकीले चुनावी भिडियो बनाउने बहानामा नेपाल टाइम्सको कार्यालयमा लगेर २०७९ मंसिर १४ गते आफुलाई अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग लगाएको देखिन्छ ।

५. २०७९ फागुन १४ गते नेपाल टाइम्सका समाचार प्रमुख हरिहर नेपाल र सामाजिक अभियान्ता बसन्तअधिकारीको बकपत्रः हरिहर नेपालले घटनाको जाहेरी बारे जिल्ला प्रहरी कार्यालय मोरङबाट र बसन्त अधिकारीले घटनाबारे समाचार स्रोतबाट जानकारी पाएको उल्लेख गरेको । घटनास्थलमा दुवै जना उपस्थित नभएकोले दुई जना बीच यथार्थ कुरा के भएको हो भन्ने कुरा यकिन नभएको । लामो समयदेखि सहिन्सा सिद्दिकीलाई चिनेकोले सिद्दिकीले यस किसिमको घटना घटाए भन्ने विश्वास नलागेको कुरा अधिकारी र हरिहर नेपालले अदालतको बक पत्रमा ब्यक्त ।

६. २०७९ पुस २६ गते सरकारी वकिलसँग सहिन्सा र जयकुमार रामको बयान ःचुनाबताका नेकपा एमालेको तर्फबाट प्रदेश १ को प्रदेश सभाको समानुपातिकको उमेदवार रहेका अरुण राठीले नेपाल टाइम्सले चुनावमा आफू र आफ्नो निकटका उम्मेदवारहरुलाई सहयोग नगरेको कारण हार व्यहोर्नु परेको आरोप लगाएको जवाफमा, “आफ्नो मिडियाले पत्रकारिताको धर्म बिपरित गएर कसैको बिरुद्धमा लेख्ने र कसैलाई प्रोत्साहन नगर्ने“ भनेपछि राठीले “या त मिडिया किनि दिने अथवा सिध्याई दिने“ धम्कि दिएको शहेन्साको बयान । चुनावमा राठी लगायत संगठनले अपेक्षित नतिजा ल्याउन नसकेको कारण त्यसको रिस आफु र आफ्नो संस्थासँग पोखेको सहिन्साको भनाइ ।

सहिन्सासंगै पक्राउ परेका चिखु भाइ,“अजय”भन्ने जयकुमार राम नाम गरेका शहेन्सााको सवारी चालकले प्रहरी र अदालतमा फरक बयान दिएको देखिन्छ । प्रहरी समक्ष उनले दिएको बयान अनुसार “ सहिन्साको आदेशमा आफूले अरुण राठीको हात र शहेन्सााले खुट्टाबाँधी सकेपछि आफूलाई सहिन्साले अर्को कोठामा पठाएको र पछि सहिन्साले बोलाएर अरुण राठीलाई बाँधेको तार खोल्न लगाई अरुण राठी र सहिन्सा स्कुटरमा चढेर पुन नयाँ कार्यालय तर्फ गएको“ बयान दिएका छन् । जबकि अदालतमा वकिलसँगको सोधपुछमा भने “वारदात मितिमा आफुले अब्दुल खताब (शहेन्सा ) को गाडी चलाएको, तथा अरुण राठी र सिद्दिकी र स्कुटरमा आएर अफिसमा बसी कुराकानी गरेको, तर आफू अफिस कोठा भित्र नगएकोले भित्र भएको घटना बारे आफूलाई जानकारी नभएको भनि फरक प्रकृतिको बयान दिएको देखिन्छ ।

७. २०७९ साल पौष २८ गते सहिन्सा सिद्दिकीलाई पुर्पक्षको लागिलागि थुनामा राख्न र ड्राइभर जयकुमार रामलाई १ लाख रुपैया धरौटीमा छोड्ने अदालतद्वारा आदेशः सहिन्सालाई पुर्पक्षको लागि थुनामा राख्न र सोहि दिन चिखु भाइ“अजय“भनिने जयकुमार राम नाम गरेका सहिन्साका ड्राइभरलाई १ लाख रुपैया धरौटीमा छोड्ने अदालतद्वारा आदेश गरेको । रामसँग धरौटी बुझाउने पैसा नभएकोले सिद्दिकीसंगै कारागार चलान । केहि दिनपछि पैसा बुझाए पश्चात राम कारागार मुक्त भएको ।

८. हालसम्म राठी र सहिन्साको मुद्दामा ८ वटा पेशी सरेको देखिन्छ, जसमा राठीको पक्षले ४ पटक, सरकारी वकिलले २ पटक र सहिन्साको २ पटक पेशी सारेको देखिन्छ । सारिएको पेसीहरुको बिवरण यसप्रकार छ :

क. २०८० बैशाख १७ गतेः जाहेरवाला राठीको तर्फबाट पेशी सारिएको
ख. २०८० साल अषाढ १ गतेः सरकारी वकिलले पेशी सारेको
ग. २०८० साल अषाढ १४ गतेः सहिन्साको तर्फबाट पेशी सारिएको
घ. २०८० साल अषाढ १७ गतेः सरकारी वकिलले पेशी सारेको
ङ. २०८० साल भाद्र ७ गतेः सिद्दिकीको तर्फबाट पेशी सारिएको
च. २०८० साल भाद्र १७ गतेः जाहेरवाला राठीको तर्फबाट पेशी सारिएको
छ. २०८० साल भाद्र १३ गतेः जाहेरवाला राठीको तर्फबाट पेशी सारिएको
ज. २०८० साल असोज २२ गतेः जाहेरवाला राठीको तर्फबाट पेशी सारिएको

९. २०८० असोज ९ गते राठीको घाउ जाँचको बिषयमा पुन बकपत्र गराउन अदालतद्वारा आदेशः २०८० साल मंसिर २३ गते कोशी अस्पतालमा मनोज हाङ्ग लिम्बुले राठीको घाउ जाँच गरेको रिपोर्टमा करंगकाहड्डीहरू भाँचिएको बिषयमा पुन बकपत्र गराउन अदालतद्वारा आदेश गरेको ।

१०. २०८० साल कार्तिक २१ गते राठीको घाउ जाँच गर्ने मनोजहाङ्ग लिम्बुको करार अवधि समाप्त भएकोले अर्को डाक्टर बोलाउने अदालतद्वारा आदेश ।

११. २०८० साल मंसिर ५ गते कोशी अस्पतालका डाक्टर सर्मिस्ठा धौभडेलसंग बकपत्रः मनोजहाङ्ग लिम्बुको करार अवधि समाप्त भएकोले अर्को डाक्टर सर्मिस्ठा धौभडेलसंग गरिएको बकपत्रमा राठीलाई लागेको भनिएको चोट पटक निको भइसकेकोले निजलाई अहिले कुनै समस्या नरहेको भनि जानकारी गराएको ।

१२. २०८० साल मंसिर २७ गते अरुण राठी र निजका छोरा योगेश राठीको नाममा नेपाल टाइम्सको बैंक खाताबाट १४ लाख झिकेको देखिएको हुँदा राठीलाई प्रतिक्रिया पेश गर्न अदालतद्वारा आदेशः बैंक स्टेटमेन्टमा अरुण राठीको छोराले श्रावण १६ गते २२ लाख ६० हजार नेपाल टाइम्सको खातामा डिपोजिट गरेको देखिन्छ । नेपाल टाइम्सको खाताबाट अरुण राठीको कर्मचारी ब्रिजमोहन भगतको नाममा २०७९ श्रावण १६ गते ६ लाख, अरुण राठीको नाममा श्रावण १७ गते ७ लाख र योगेश राठीको नाममा श्रावण १८ गते ७ लाख रुपैया डिपोजिट भएको देखिएकोले, अरुण राठीको प्रतिक्रिया पेश गर्न अदालतद्वारा आदेश गरिएको ।

१३. २०८० साल पौष ४ गते जाहेरवाला अरुण राठीको नाममा नेपाल टाइम्सको खाताबाट ७ लाख जम्मा भएको बिषयमा अदालतमा अरुण राठीद्वारा प्रतिक्रिया पेश गरेकोः उक्त अदालती प्रतिक्रियामा अरुण राठीले आफुले रकम नबुझेको भनि प्रतिक्रिया दिएको । शहेन्सा र छोरा योगेश राठीबीच कम्पनीको विज्ञापनको बिषयबारे लेनदेन भइरहने भएकोले आफुलाई छोराको नाममा नेपाल टाइम्सको खाताबाट ७ लाख जम्मा भएको कुरा थाहा नभएको भनि अरुण राठीले प्रतिक्रिया दिएको ।

१४. २०८० साल पौष १२ गते अरुण राठीको नाममा ७ लाख र उनका छोरा योगेश राठीको नाममा पनि ७ लाख रुपैया नेपाल टाइम्सको खाताबाट झिकिएको देखिएको हुँदा, अदालतले बैंकबाट चेकको प्रतिलिपिझिकाउने आदेश ।

१५. २०८० साल माघ १५ गते नेपाल टाइम्सको खाताबाट शहेन्साले ८ लाख झिकेको बिषयमा संस्थाको खाताबाट शहेन्साले ८ लाख झिकेको देखिँदा नेपाल टाइम्सका कर्मचारी तथा कुमारी बैंकसँग यस बिषयमा अदालतद्वारा जवाफ माग्ने आदेश ।

१६. २०८० साल माघ २७ गते सरकारी वकिलले नभ्याएको कारण त्यस दिन बकपत्र स्थगित ।
१७. २०८० साल माघ २८ गते नेपाल टाइम्सका कर्मचारी रञ्जिता पोखरेल र सर्वज्ञा गुरुङको बकपत्र ।

बकपत्रमा नेपाल टाइम्सको लेखा शाखा हेर्ने कर्मचारी सर्वज्ञा गुरुङले सहिन्साले लिएको ८ लाख उनको बाँकी रहेको तलबको रुपमा लिएका तथा अन्य केही रकम कर्मचारीहरुलाई तलबका रुपमा दिइएको उल्लेख । बकपत्रमा रञ्जिता पोखरेलले सहिन्साले अपहरण गरेको भन्ने कुरामा विश्वास लाग्दैन भनेको देखिन्छ ।

१८. २०८० साल माघ २६ गते सहिन्साको नाममा डेबिट भएको रकमको जानकारी माग भए अनुसार नेपाल टाइम्सले जिल्ला अदालत मोरङलाई शहेन्साले नेपाल टाइम्सबाट पाउनु पर्ने मासिक पारिश्रमिक बाँकी रहेकाले सोही तलबी रकम भुक्तानी गरेको जानकारी पत्र पठाएको ।

१९. २०८० माघ २९ गते नेपाल टाइम्सका संचालकमध्येका एक मुकुल दाहाल र ट्रान्स नेपालका सेक्युरिटी गार्ड भीमप्रसाद कट्टेलको बकपत्र, सोहि दिन घटना घटेको भनिएको नेपाल टाइम्सको पूरानो कार्यालय तल किराना पसल गर्ने मोस्ताकिर मियासँग अदालतमा बकपत्रः बकपत्रमा मोस्ताकिर मियाँले सहिन्साले अपरहण गरेको जस्तो आफूलाई नलागेको बयान दिएको । यस्तै ट्रान्स नेपालका सेक्युरिटी गार्ड भीमप्रसाद कट्टेलले अरुण राठीलाई अपरहण गरी फिरौती लिएको कुरामा आफूलाई विश्वास नलागेको उल्लेख गरेको । नेपाल टाइम्सका संचालकमध्येका एक मुकुल दाहालले दिएको बकपत्रमा सहिन्साले १५ लाख रुपैयाँ अरुण राठीले फिर्ता दिनु पर्ने रकम आएको भनेर आफूलाई बताएको उल्लेख गरेको ।यस्तै सहिन्सा अपहरण गर्ने खालको मानिस हो जस्तो आफूलाई नलागेको बताएको देखिन्छ ।

२०. २०८० साल फागुन १७ गतेको पेशीमा सिद्दीकी विरुद्धको मुद्दामा बहस नोट पेस गर्ने आदेश ।
अन्त्यमा, यदि सहिन्साले राठीले जाहेरी दिए अनुसार घटना घटाएका हुन् र सबुत प्रमाणले त्यो कुरा प्रमाणित हुन्छ भने उनले कानुन बमोजिम सजायको भागेदार हुनु पर्दछ । तर उनी माथि लागेको अभियोग उनीले घटाएको पुस्टि हुदैन र उनको परिवारको आर्थिक अवस्थाकमजोर भएकै कारण, पक्षमा बोलिदिने र उभिदिने कोहि नभएकै आधारमा उनी जेलमा सढि रहनु न्याय संगत हुदैन । यसले केहि गर्छु भन्ने युवाको भबिष्यलाई अन्धकारमा धकेली दिनेछ ।

भनिन्छ “Justice Delayed is Justice Denied” दिनमा गरिएको ढिलाई अन्याय हो । यसरी कोहि पनि ब्यक्ति अनिर्णयको बन्दी बनि रहनु हुदैन । एक बर्ष निकै लामो समय हुन्छ, बर्ष दिनसम्म फैसलाको आशमा बसिरहनु निकै पीडादायी हुन्छ । त्यसैले सत्य तथ्यको छानबिन गरि छिटो भन्दा छिटो राठी र सहिन्साको मुद्दाको फैसला हुन् जरुरी छ । जहाँसम्म मेरो बुझाइ छ राज्य र यसका संयन्त्रहरुको उत्पति बलियाबाट कमजोरहरुलाई बचाउनको निम्ति स्थापनागरिएको हो । कमजोर भएकै कारण कोहिअन्यायमा पर्नु हुँदैन र पहँुच र शक्तिभएकै भरमा न्याय कसैको पक्षमा हुनुपर्छ भन्ने हुदैन । आशा छ सत्य र न्यायको जित हुनेछ ।

Advertisement
Advertisement

                                                                                                                                                                                                                                                                                                अधिकारकर्मी  = बसन्त अधिकारी

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top