हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

१९ फागुन ८०, आइतबार

२० फागुन, एजेन्सी ।

हङकङमा अर्को साता हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । हङकङ क्रिकेट संघले यही मार्च ९ देखि १३ तारिखसम्म नेपाल, हङकङ र पपुवान्युगिनी (पीएनजी) सम्मिलित टी–२० सिरिज सञ्चालन गर्दै छ । सो सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

Advertisement

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल पनि यसपटक टिममा परेका छन् । यस्तै कुशल भुर्तेल, गुल्शन झा, करण केसी, प्रतिस जिसी, आरिफ शेख, विवेक यादव र अविनाश बोहरा छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी र कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी भने टिममा छैनन् । नामिबिया र नेदरल्याण्ड्ससँगको त्रिकोणात्मक सिरिज खेलेका अनिल साहसमेत छैनन् । सिरिज अन्तर्गत फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।

Advertisement

फागुन २९ मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपालले अहिले आफ्नै घरेलु मैदानमा नामिबिया र नेदरल्याण्डस्सँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top