धाविका प्रिया राईले बनाइन् अर्काे कीर्तिमान

२० फागुन, विराटनगर । नेपाली ट्रेल धाविका प्रिया राईले दुई महिनामा ६ वटा गोल्ड मेडल जितेर नयाँ कीर्तिमान बनाएकी छन् ।

शनिबार ओखलढुङ्गामा सम्पन्न ४२ किलोमिटर हाइहल्टा म्याराथनमा जित हासिल गर्दै प्रियाले कीर्तिमान बनाएकी हुन् ।

उनले १२ दशमलव ५ किलोमिटर देखि ४२ किलोमिटरसम्म लगातार भाग लिएर पनि गोल्ड मेडल जित्दै आएकी छन् ।

यसअघि उनी लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेसमा दोस्रो पटक च्याम्पियन बनेकी थिइन् । लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस प्रियाले २४.५ किलोमिटरको दुरी पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् ।

तीन साता अघि मात्रै उनले काठमाडौं उपत्यकामा ५४ किलोमिटर दौडमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

प्रियाले गत माघमा ट्रायलमान्डुको आयोजना गरेको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघको राष्ट्रि लिगमा उनी १८९२ स्कोरसहित पहिलो स्थानमा छिन् ।

प्रिया अन्तर्राष्ट्रिय अल्ट्रा धाविका हुन् उनले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशहरुमा प्रतिस्पर्धा गरिसकेकी छिन् भने नेपालको लागि मेडल पनि दिलाई सकेकी छिन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top