Nepal Times
Nepal Times
3
Shares

धाविका प्रिया राईले बनाइन् अर्काे कीर्तिमान

धाविका प्रिया राईले बनाइन् अर्काे कीर्तिमान

२० फागुन, विराटनगर । नेपाली ट्रेल धाविका प्रिया राईले दुई महिनामा ६ वटा गोल्ड मेडल जितेर नयाँ कीर्तिमान बनाएकी छन् ।

शनिबार ओखलढुङ्गामा सम्पन्न ४२ किलोमिटर हाइहल्टा म्याराथनमा जित हासिल गर्दै प्रियाले कीर्तिमान बनाएकी हुन् ।

उनले १२ दशमलव ५ किलोमिटर देखि ४२ किलोमिटरसम्म लगातार भाग लिएर पनि गोल्ड मेडल जित्दै आएकी छन् ।

यसअघि उनी लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेसमा दोस्रो पटक च्याम्पियन बनेकी थिइन् । लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस प्रियाले २४.५ किलोमिटरको दुरी पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् ।

तीन साता अघि मात्रै उनले काठमाडौं उपत्यकामा ५४ किलोमिटर दौडमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

प्रियाले गत माघमा ट्रायलमान्डुको आयोजना गरेको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघको राष्ट्रि लिगमा उनी १८९२ स्कोरसहित पहिलो स्थानमा छिन् ।

प्रिया अन्तर्राष्ट्रिय अल्ट्रा धाविका हुन् उनले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशहरुमा प्रतिस्पर्धा गरिसकेकी छिन् भने नेपालको लागि मेडल पनि दिलाई सकेकी छिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.