विराटनगर आँखा अस्पतालमा १२ वर्षमा २५ लाखको उपचार

विराटनगर,भदौ २८
विराटनगर आँखा अस्पतालले आज १२ औ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । बार्षिकोत्सवका अवसरमा अस्पतालले मरणोपरान्त आँखा दान गर्ने व्यक्तिका परिवारलाई सम्मान गरेको छ । यसैगरी अस्पताललाई आर्थिक र सामाजिक रुपमा सहयोग गर्ने रविन्द्र चौधरीलाई नेपाल नेत्र ज्योती संघका महासचिव श्यामकुमार पोखरेलले सम्मान गरे ।

बार्षिकोत्सवका अवसरमा खेलाइएका विभिन्न खेलकुदमा उत्कृष्ट हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो । अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर संजय सिंहले अस्पतालले १२ बर्षको अवधिमा २५ लाख ८३ हजार बिरामीको चेकजाँच गरेको जानकारी दिए ।

Advertisement

यस्तै ४ लाख ८१ हजारको शल्यक्रिया गरिएको बताए । उनले दृष्टिविहीन हुनुको मुख्य कारण मोतियाबिन्दु भएको बताए । उनले विराटनगर आँखा अस्पतालले सन् २०१७ देखि आधुनिक रोबोटिक प्रविधियुक्त जेप्टो फेको सर्जरी भित्र्याएको जानकारी दिए ।

जेप्टो फेको सर्जरीमा लेन्स राख्नका लागि क्याप्सुल र ब्यागमा गोलाकार प्वल रोबोटिक माध्यमबाट बनाउने गरिन्छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेल, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष विजयहरि शर्मा, सदस्य राजन श्रेष्ठ, पूर्व सांसद तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top