×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

साफमा आज नेपाल र भारत भिड्दै

२४ फाल्गुन २०८०

२४ फागुन, एजेन्सी ।

१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।

Advertisement
Advertisement

बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ । यस खेलमा विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।

त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले त्यसका लागि यो खेल जित्नैपर्नेछ । नेपाल पहिलो खेलमै बंगलादेशसँग २–० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३–० ले पराजित गरेको थियो । उता भुटानलाई पहिलो खेलमा ७–० ले हराएर सानदार सुरुवात गरेको भारत भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भयो ।

Advertisement
Advertisement

बंगलादेश र भुटानबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ । त्यसअघि नै बंगलादेशसँग फाइनल खेल्ने अर्को टोलीको टुंगो भने आजै लाग्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top