विदेशी विनिमय सञ्चिती १८ खर्ब ४४अर्ब नाध्यो

२७ फागुन ८०, आइतबार
Share this
793shares

२७ फागुन, काठमाण्डौ ।

Advertisement

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिती १९.९ प्रतिशतले वृद्धि भई साढे १८ खर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रस्तुत गर्दै कूल विदेशी विनिमय सञ्चिती माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाएको छ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ। कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ।

Advertisement

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ। २०८० माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।

१४ महिनाको वस्तु आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिती आर्थिक वर्ष २०८०÷८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

Advertisement

२०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितीको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top