हिजो नयाँ रेकर्ड राखेको सुन–चाँदीको भाउ स्थिर

२८ फागुन ८०, सोमबार
Share this
710shares

२८ फागुन , काठमाण्डौ।

Advertisement

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।आइतबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top