सुन तस्करी प्रकरण : डीएसपी राउत थुनामै

सुन तस्करी प्रकरण : डीएसपी राउत थुनामै

विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरीक्षक ‘डीएसपी ’ सञ्जयबहादुर राउतलाई थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले सदर गरेको छ ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका राउतले जिल्लाको आदेश उल्टी गर्न माग सहित उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए ।

बिहीबार उच्च अदालतका न्यायाधिश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामा राख्ने आदेशलाई नै सदर गरेको हो ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित डीएसपी राउत पक्राउ पर्नुअघि इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत थिए । यो समाचार आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.