विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरीक्षक ‘डीएसपी ’ सञ्जयबहादुर राउतलाई थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले सदर गरेको छ ।
जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका राउतले जिल्लाको आदेश उल्टी गर्न माग सहित उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए ।
बिहीबार उच्च अदालतका न्यायाधिश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामा राख्ने आदेशलाई नै सदर गरेको हो ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित डीएसपी राउत पक्राउ पर्नुअघि इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत थिए । यो समाचार आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।