रविले प्रहरीलाई स्वतन्त्र बनाइदिए, आदेश कुर्नु नपर्ने

२८ फागुन ८०, मंगलबार

२९ फागुन ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्। उनले जयनेपाल कुनै पार्टीको नभएर देशको भएको भन्दै प्रहरीले आफूलाई सलाम गर्ने होइन आफूले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।

Advertisement

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले सबै प्रहरीलाई यस्तो निर्देशन गरेका हुन् । गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईँले मलाई होइन, मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस्। मेरो शुभकामना छ। जय नेपाल ९पार्टीवाला होइन, देशवाला।’ गृहमन्त्री लामिछानेले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै भनेका छन् ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानूनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन ।’

यसअघि गृहमन्त्री रविले प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्देशन दिएका थिए । प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा–बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने उनले बताएका छन् । उनले कुनैपनि घटनाको अनुसन्धान प्रमाणका आधारमा गर्न स्मरण गराउँदै त्यसमा कुनै सम्झौता नगर्न भनेका छन् ।

Advertisement

उनले आपराधिक गिरोहसँग हात मिलाएको देखे प्रहरीलाई कारबाही हुने चेतावनी पनि दिए । प्रहरी कर्मचारी गैर व्यवसायिक गतिविधिमा संलग्न रहेको देखिए हदैसम्मको कारबाही हुने भन्दै उनले भनेका थिए , ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् । कुनै नेताको चाकडी गरेको देख्न÷सुन्न नपरोस् ।‘ गृहमन्त्री लामिछानेले आफू प्रहरी समायोजन र ३० वर्षे सेवा अवधि हटाउने विषयमा स्पष्ट रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top