५ पत्रकार महिलाहरु सम्मानित

३० फागुन ८०, बिहीबार

१ चैत , विराटनगर ।
नेपाल पत्रकार महासंघ, कोशी प्रदेशले लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने कोशी प्रदेशका ५ जना पत्रकार महिलालाई सम्मान गरेको छ । कोशी प्रदेश महिला विभागद्वारा आयोजित पत्रकार महिलाहरुको क्षमता विकास कार्याशाला कार्यक्रममा ५ पत्रकार महिलाहरुलाई सम्मान गरिएको हो ।

Advertisement

पत्रकारितामा महिलाको सहभागिता, समावेशी र सम्मुन्नत नेपाल आजको आवश्यकता भन्ने नाराको साथ भएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईले पत्रकार महिलाहरुलाई सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा पत्रकार महिलाहरु निलिफा सुब्बा, ललिता भट्टराई, सुसिला सङग्रौला, बाला अधिकारी र, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव दुर्गा बराल भण्डारी सम्मानित भएका हुन ।

Advertisement

कार्यशालालाई सम्वोधन गर्दै मन्त्री राईले समावेशी लोकतान्त्रलाई स्थापित गर्न पत्रकार, राजनितिकर्मी, समाजसेवी लगायत सबै लागेतापनि पत्रकारहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कोशी प्रदेश सरकारको र आफनो तर्फबाट सक्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पत्रकार महासघ कोशी प्रदेशको कार्यावाहक अध्यक्ष लवदेब ढुंगानाले महिला पत्रकारको पलायन हुने स्थितिलाई रोक्न वैज्ञानिक नीति लिनु पर्ने धारणा राख्दै कोशी प्रदेशमा नेपाल पत्रकार महासघको २ वटा भवनहरु निर्माणको तयारी भईरहेको बताएका थिए ।

Advertisement

यस्तै पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष हिमा चेम्जोङले पत्रकार महिलाको संख्या अझ बढाएर उनीहरूको क्षमता र दक्षता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरु गर्दै लैजानु पर्ने बताएकी थिइन् । कार्यक्रममा सन्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव दुर्गा बराल लगायत ५ दर्जन बढी बढी पत्रकार महिलाहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top