×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसमा राष्ट्रपतिको मतदान सुरु, पुटिन पाँचौ पटक रेसमा

२ चैत्र २०८०

२ चैत , एजेन्सी ।

रुसमा राष्ट्रपतीय निर्वाचनअन्तर्गत शुक्रबार मतदान सुरु भएको छ। आजदेखि तीन दिन अर्थात् आइतबारसम्म मतदान हुनेछ। तर, विश्वसनीय प्रतिपक्षको अभावमा यो निर्वाचन औपचारिकता मात्र बनेको छ र भ्लादिमिर पुटिनले नै पाँचौँपटक जित्ने सम्भावना छ। समाचार एजेन्सी एएफपीका अनुसार रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयानुसार बिहान ८ बजे मतदान सुरु भएको हो।

Advertisement

यसअघि राष्ट्रपति पुटिनले बिहीबार रुसी मतदातालाई देशका लागि यो कठिन समयमा आफूलाई मतदान गर्न अपिल गरेका थिए। यदि पुटिनले यो चुनाव जिते भने उनी सन् २०३० सम्म यो पदमा रहनेछन् । २००८ र २०१२ बीचको प्रधानमन्त्रीको रूपमा चार वर्षबाहेक भ्लादिमिर पुटिन मे २००० देखि निरन्तर रुसको राष्ट्रपति छन्।

यसैबीच युक्रेनले रुसको चुनावलाई ‘प्रहसन’ भन्दै सीमा क्षेत्रमा घातक हमला गर्न थालेको छ। उता रुसी अधिकारीहरूले भने आफ्ना नागरिकलाई मतदानका क्रममा प्रदर्शन गरे नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। करिब एक महिनाअघि फेब्रुअरी १६ मा उनका राजनीतिक प्रतिद्वन्द्वी एलेक्सी नभाल्नी जेलमै बितेका थिए।

यसअघि सन् २०२० को अगस्टमा नभाल्नीलाई विष दिइएको थियो। पुटिनलाई टक्कर दिन चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर संकलन गर्दै उमेदवारीको घोषणा गरेका थिए तर उनीहरूको उमेदवारी अस्वीकृत भएको छ।

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन जना पुटिनसँगको प्रतिस्पर्धामा रहेका छन् । तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रूसको आक्रमणलाई समर्थन गरेका छन् । पूर्वी युक्रेनका भागहरु खासगरी डोनबास क्षेत्र र सेरोफेरो हाल रुसी कब्जामा छन् । सन् २०२२ फेब्रुअरी २४ मा सैन्य हमला गरेपछि रुसी भाषा बोल्नेहरुको यी क्षेत्र रुसमा गाभिएका छन् । यी क्षेत्रमा पनि चुनाव हुँदैछ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top