प्रेम र धोकाः प्रेमी प्रेमिकाकै ज्यान गयो

चैत ५ , विराटनगर।

विराटनगरमा पूर्वप्रेमी प्रेमिकाबीचको प्रेम र धोकाको कारण दुई जनाको ज्यान गएको छ। विराटनगर– ४ स्थित नोबेल मेडिकल कलेजमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको ज्यान लिएपछि प्रेमी भनिएका २२ वर्षीय शिवशंकर दासले आफ्नै ज्यान लिएका छन् । चन्द्रिकाकुमारीको ज्यान लिएको ५ दिनपछि शिवशंकर समेत मृत भेटिएका छन् ।

शिवशंकर विराटनगर – ४ नोबेल हस्पिटल अगाडीको होटल फाइनको मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताएका छन् । सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् ।

Advertisement

उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो ।

फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताएका छन् । अनुसन्धानको क्रममा फोनको लोकेसनका आधारमा प्रेमीको शव भेटिएको हो । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।

Advertisement

शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारी अर्के युवासँग प्रेम सम्बन्धमा थिइन । प्रहरीले चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको देखिएको बताएको छ ।

प्रेमी शिवशंकरले घरमा फोन गरी आफू जिवित नरहने बताएका थिए । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । प्रहरीका अनुशार उनी २९ फागुनमा विराटनगर आए प्रेमिका चन्द्रिकाकुमारीको डेरामा बसेका थिए । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top