NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

रविलाई प्याक प्याक पार्दै कांग्रेस, देलान् राजीनामा ?

सोमवार चैत्र ५ , २०८०
Reading Time: 1 min read
A A
रविलाई गगनले टिक्न नदिने,सहकारी प्रकरणमा प्रश्नैप्रश्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

चैत ५ , विराटनगर ।

सडकमा सहकारी पीडितहरुले न्यायका लागि सरकारलाई गुहार लगाईरहँदा उनीहरुको गुहार सुन्ने र सोहीअनुसारको सुनुवाइ गर्ने ठाउँमा रहेका गृहमन्त्री रवि लामिछानेमाथि नै सहकारी ठगिको आरोप छ । उनीविरुद्ध सहकारीपीडितहरुले उजुरीसमेत हालेका छन् । विगतमा जस्तै यस पटक पनि आफूमाथि आरोप लागेकै बेला उनी गृहमन्त्रालयको कमाण्ड सम्हालि रहेका छन् ।

अघिल्लो पटक दोहोरो नागरिकता प्रकरणले उनको कुर्सी खोसिएको थियो । अहिले फेरि सहकारी ठगि प्रकरणसँग जोडेर उनको कुर्सी प्रतिपक्ष कांग्रेसले दिनदिनै हल्लाइरहेको छ। सडकमा सहकारीपीडकहरुलाई कारबाहीको माग भइरहँदा संसदमा पनि रवि लामिछानेको राजीनामा पहिलो दिनदेखिनै मागिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा रविलाई प्याप प्याक पारिरहेको छ ।

LS Auto

रास्वपा सभापतिसमेत रहेका रविलाई गृहमन्त्री बनाएपछि प्रधानमन्त्री प्रचण्डमाथि पनि सांसदहरुले औंला ठड्याइरहेका छन्, जवाफ मागिरहेका छन् । आज पनि संसदमा रविविरुद्ध नेपाली कांग्रेस आक्रमकरुपमा प्रस्तुत भयो । सांसद एवं कांग्रेस महामन्त्री गगन थापाले ठूलो गर्जनसहित गृहमन्त्रीमाथि प्रश्न उठाए । लामिछाने नै गृहमन्त्री भईरहँदा सहकारीपीडितहरुले न्याय पाउने कुरामा आशंका जनाए र प्रधानमन्त्रीसंग यसको जवाफ पनि माग गरे ।

आजको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोलेका गगनले सुरुमा त सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई पक्राउ गरिएकोमा सरकारलाई धन्यवाद दिएका थिए । महरा गृहमन्त्री रवि लामिछानेको आदेशपछि नै पक्राउ परेका हुन् । रविले सुन तस्करी छानविन आयोगले जजसलाई अनुशन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ कसैलाई नछाडिने पनि बताएका छन् ।

तर उनी स्वयं सहकारी ठगि प्रकरणमा मुछिँदा भने संसद नै उनका कारण बन्धक बन्नेजस्तो देखिएको छ । नेपाली काँग्रेसलगायतका विपक्षी सांसदहरुले दिनहुँ उनको राजीनामा मागिरहेका छन् । आज पनि यसले निरन्तरता पायो । गगन थापाले सहकारी ठगीमा जोडिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास नभएको बताए । उनले सुप्रिम, इमेज, शिवदर्शनजस्ता सहकारीको पैसा फिर्ता गराउनुपर्नेमा जोड दिए ।

‘सुप्रिम, इमेज, शिवदर्शन जस्ता सहकारीको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने रु,’ उनले प्रश्न गरेका छन् । सहकारीमा जसले ठगी गरेको छ एउटा पनि प्रमाण नष्ट नहोस् भनेर आफूहरूले आवाज उठाउँदै आएको उनको भनाइ छ । ‘जो मुछिएको छ उसले कसरी अनुसन्धान गर्छ रु,’ लामिछानेप्रति इंकित गर्दै उनले भने, ”गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, यो विषय यहीँ टुंग्याउन दिँऔँ । नखाएको विष लाग्न हुँदैन । त्यो पीडा मैले पनि भोगेको छु।’

तर, विष खाएको भेटिएमा जसरी पनि लागेरै छाड्ने उनको भनाइ छ । थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन् । उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउन पर्ने बताए ।

उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरेका छन् । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरेका छन् ।

यस्तै कांग्रेसका अर्का सांसद दिक्पाल कुमार शाहीले गृहमन्त्रीको राजीनामा मागे । उनले देशभर सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएको भन्दै नियमविपरित सहकारीको पैसा गृहमन्त्रीले नै लिएको आरोप लगाए । ‘देशभरी सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएर चिच्याइरहेका छन् । सहकारीमा नियमविपिरित गृहमन्त्रीज्यूले लिनुभएको र अनुसन्धान गर्ने तालुक मन्त्रालयमा आफैँ बसेको आरोप छ ।

पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा गरी सहयोग गर्न माग गर्दछु,’ उनले भने । उनले गृहमन्त्री लामिछानेले कांग्रेसलाई पढाउन खोजेको भन्दै केही विषय नसिकाउन समेत आग्रह गरे । ‘गृहमन्त्रीज्यूले नेपाली कांग्रेसलाई पढाउन खोज्नुभएको रहेछ । डबल नागरिकता, पासपोर्ट, सहकारी ठग्न र सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला,’ भन्दै उनले तिखो कटाक्ष पनि गरे ।

गृहमन्त्री लामिछाने सभापति रहेको दल रास्वपाले भने कांग्रेसलाई पानीबिनाको माछाजस्तो नतड्पिन आग्रह गरेको छ । रास्वपा सांसद अशोक कुमार चौधरीले गृहमन्त्री समेत रहेका पार्टीका सभापति रवि लामिछानेमाथि जनताको मत र विश्वासको कदर गर्न आग्रह गरे । ‘सत्ताका लागि पानीबिनाको माछाझैँ नतड्पिन आग्रह गर्दछु । माननीय रवि लामिछानेमाथि जनताको मत विश्वासको इज्जत र कदर गरौँ। उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गरौँ,’ उनको आग्रह थियो ।

यता सत्तारुढ नेकपा एमालेले पनि सहकारी ठगि प्रकरणको छानविन गर्न आयोग बनाउन माग गरेको छ । एमाले सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने भन्दै यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।

उता पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता स्वयंले पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन । सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको विषयमा गम्भीर अनुसन्धान नभएको भन्दै पीडितहरूले गुनासो गरेका छन ।

पत्रकार महासंघ कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइतबार उद्योग वाणिज्य संघको हलतर्फ जाँदै गरेका प्रधानमन्त्रीलाई बाटोमै भेटेर पीडितले ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छिट्टै नीतिगत निर्णय लिने बताएका छन् । यता सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने छानबिनमा सहयोग गर्न लामिछानेलाई पटक–पटक अनुरोध गर्दा सुनुवाइ नभएको बताएका छन् ।

‘सूर्यदर्शनको समस्या बाहिर आएको १ वर्ष ८ महिना हुँदासम्म जीबी राई फरार छन्,’ श्रेष्ठले भने, ‘सत्ता बाहिर रहँदा पनि लामिछानेमाथि सरकारले अनुसन्धान गरेन । अहिले पनि अनुसन्धान भएको छैन, हाम्रो आपत्ति छ ।’ पीडितहरूले जीबी राई पक्राउ तथा लामिछानेमाथि छानबिन भए ८० प्रतिशत समस्या हल हुने बताएका छन । तर, लामिछाने गृहमन्त्री बन्नुअघि र अहिले पनि सहकारीपीडितको समस्यालाई सरकारले सामान्य रूपमा लिएको उनीहरूको गुनासो छ ।

सहकारी पीडितहरुले यस्तो गुनासो गरिरहँदा र संसदमा प्रतिपक्षी कांग्रसले घेरा हालिरहँदा के गृहमन्त्री रवि लामिछानेले आफूमाथिको आरोपकै कारण दोस्रो पटक पनि कुर्सी गुमाउँछन् रु आरोप लागेकै बेला किन रवि दोहोर्याएर मन्त्रालयमा गए रु आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#रविलाई प्याक प्याक पार्दै कांग्रेस#रविले देलान् राजीनामा ?

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.