चट्याङले एक जनाको ज्यान लियो, ७ जना घाइते , अझै तीन दिन पानी पर्ने!

९ चैत ८०, शनिबार

१० चैत, काठमाण्डौ ।

कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अझै तीन दिनसम्म वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । ’कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ’, उनले भने, ’कोशी, वाग्मती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।’

Advertisement

पछिल्लो १२ घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा मापन भएको छ । साथै पश्चिमी भूभागहरूमा पनि वर्षा भएको मौसमविद झाले बताएका छन् । उता बझाङमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर–६ नौरामा गएराति साढे नौ बजे घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नरेन्द्रबहादुर सिंहकाअनुसार घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।

Advertisement

घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन् । घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top