विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

११ चैत ८०, आइतबार
Share this
691shares

११ चैत , विराटनगर ।
विराटनगर महानगरपालिकाको मुटुमा रहेको महेन्द्रचोक पश्चिम चार कठ्ठा ऐलानी जग्गा महानगरले फेला पारेको छ । वर्षाैदेखि उपयोगविहीन अवस्थामा रहेको सो जग्गा महानगर भित्रको ऐलानी जग्गा खोजी अभियानका क्रममा फेला परेको हो।महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ ।

Advertisement

वर्षौदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाँच गरी छुट्याइएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताएका छन् ।

Advertisement

महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ छ ।वडाध्यक्ष न्यौपानेका अनुसार नापजाँचपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ ।नापाँचपछि चार किल्ला गाडिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top