११ चैत , एजेन्सी ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौं इजरायल भ्रमण गरेका छन् । यो भ्रमण गाजापट्टीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेपछि भएको हो । ब्लिन्केनले कम्तिमा छ हप्ताको युद्धविरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गरे ।
जसले इजरायली बन्धकहरूको रिहाईलाई सुरक्षित गर्ने र मानवीय सहायतामा वृद्धि गर्न सक्षम हुनेछ बताइएको छ । नेतन्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँगको भेटमा ब्लिन्केनले इजरायललाईे हमासका लागि योजना नबनाए इजरायल वर्षौंसम्म गाजामा फस्ने चेतावनी दिएका थिए । गाजामा अक्टोबर ७ यता कम्तिमा ३२ हजार ७० प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार २९८ घाइते भएका छन् ।