आईपीएलमा बैंग्लुरु र पञ्जाब भिड्दै, को छ बलियो ?

११ चैत ८०, सोमबार

१२ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिगको पाच पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजनको पाँचौँ खेलमा गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो । गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो ।

डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिए । साई किशोरले एक विकेट हात पारे । मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि प्लेयर अफ द म्याच घोषित साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए । उनले यस क्रममा ३ चौका र १ छक्का हिर्काए । कप्तान शुभमन गिलले ३१ तथा राहुल तेवाटियाले २२ रन बनाए ।

Advertisement

मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेराल्ड कोट्जीले २ विकेट लिए । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १७औँ संस्करणमा आज रोयल च्यालेन्जर्स बैंग्लुरुले पञ्जाब किङ्सको सामना गर्दैछ । खेल बैंग्लुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा बैंग्लुरु र पञ्जाब दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

चेन्नईमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले बैंग्लुरुलाई ६ विकेटले हराएको थियो । पञ्जाब भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो । पञ्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो । एम. चिन्नास्वामी स्टेडियममा पाँच वर्षपछि बैंग्लुरु र पञ्जाब आपसमा भिड्न लागेका हुन् ।

Advertisement

यसअघि यो स्टेडियममा सन् २०१९ मा बैंग्लुरु र पञ्जाबबिच खेल भएको थियो । त्यतिबेला बैंग्लुरु १७ रनले विजयी भएको थियो । इन्डियन प्रिमियर लिगमा हालसम्म बैंग्लुरु र पञ्जाबबिच ३१ खेल भएको छ । त्यसमध्ये १४ खेलमा बैंग्लुरु विजयी भएको छ । १७ खेलमा भने पञ्जाबले सफलता हात पारेको छ ।

एम. चिन्नास्वामी स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच ११ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा बैंग्लुरु र पाँच खेलमा पञ्जाब विजयी भएका छन् । घरेलु मैदानमा बैंग्लुरुको नतिजा केही उत्कृष्ट देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top