Nepal Times
Nepal Times
3
Shares

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल

१२ चैत , काठमाण्डौ ।

आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग मङ्गलवार दोस्रो खेल खेल्नेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन् । नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ ।

नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको श्रृंखलापछि नेपाल ए सँग ३ खेलको टी–२० र ३ खेलको एकदिवसीय श्रृङ्खला खेल्नेछ ।यसै श्रृङ्खलाका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ ।

नेपाल ए ले आयरल्यान्डसँग यही चैत १५, १६ र १८ गते टी–२० श्रृङ्खला खेल्नेछ । त्यसैगरी चैत २१, २३ र २५ गते एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.