×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चुम्बन प्रकरणमा स्पेनिस फुटबलका पूर्व अध्यक्षलाई कैद

१५ चैत्र २०८०

१५ चैत ,एजेन्सी ।

महिला फुटबल खेलाडीलाई उनको इच्छा विपरीत ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस रुबिलेसविरुद्ध न्यायालयमा साढे दुई वर्ष जेल सजायको माग गरिएको छ । स्पेनको महान्यायाधिवक्ता कार्यालयका अनुसार, खेलाडीमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा रुबिलेसविरुद्ध दुई वर्ष ६ महिना जेल सजायको माग गरिएको हो ।

Advertisement
Advertisement

गत अगस्तमा सम्पन्न महिला विश्वकप फुटबलका क्रममा तत्कालीन अध्यक्ष रुबिलेसले यस्तो हर्कत गरेका थिए । स्पेनले महिला विश्वकपको उपाधि जितेपछि उत्साही बनेका रुबिलेसले खुसीयाली मनाउने क्रममा टोलीकी प्रभावशाली खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए । सार्वजनिक रूपमै यस्तो हर्कत देखाएपछि रुबिलेसको चर्को आलोचना भएको थियो ।

जेनी हर्मोसो र स्पेनिस महिला टोलीका अन्य खेलाडीले पनि रुबिलेसप्रति आक्रोश व्यक्त गरेका थिए । रुबिलेसले भने खुसीयाली मनाउने क्रममा अन्जानमा यस्तो भएको सफाई दिएका थिए । तर, आलोचना बढ्दै गएपछि रुबिलेस आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका थिए ।अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले हराएको थियो ।

त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रसारण भइरहेको थियो । सोही क्रममा रुबिलेसले हर्मोसोलाई चुम्बन गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी थिइन् । ३३ वर्षीया जेनिफरले भनेकी थिइन्, ‘ए त्यो । तर, मलाई मन परेन ।’ अध्यक्ष लुइसले भने सुरुमा मूर्खहरूले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका थिए ।

Advertisement

‘यहाँ जताततै मूर्खहरू छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूणर् तरिकाले बढाइचढाइ गरिएको छ,’ त्यतिबेला उनले भनेका थिए । तर, आलोचना बढ्दै गएपछि उनले घटनाका लागि माफी पनि मागेका थिए । त्यसपछि विश्व फुटबल महासङ्घ (फिफा) ले पनि रुबिलेसमाथि तीन वर्षसम्म फुटबल सम्बन्धि कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । रुबिलेसले त्यो प्रतिबन्धको विरुद्धमा पुनरावेदन पनि गरेका थिए । तर, उनमाथिको प्रतिबन्ध भने कायमै राखिएको थियो।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top