भारतले अमेरिकालाई किन थर्कायो ?

१५ चैत, एजेन्सी ।

अमेरिकाले गरेको एक टिप्पणीलाई लिएर भारतले उसलाई थर्काएको छ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछिको टिप्पणीलाई लिएर भारतले अमेरिकी एक उच्च कूटनीतिज्ञलाई बोलाएको छ । बुधबार अमेरिकाले केजरीवाल पक्राउ परेको विषयमा ‘निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रिया’ सुनिश्चित गर्न चेतावनी दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले अरविन्द केजरीवाल पक्राउ परेपछिको घटनाक्रमलाई ‘नजिकबाट हेरिरहेको’ भनेको छ । भारतको विदेश मन्त्रालयले अमेरिकी सो टिप्पणीमा विरोध जनाएको छ । “हामी टिप्पणीको कडा आलोचना गर्दछौँ,” भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ, “कूटनीतिमा राज्यहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्ने अपेक्षा गरिन्छ । अन्यथा अस्वस्थ स्थिति सिर्जना हुनेछ ।” भारतले यस मामिलामा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ ग्लोरिया बर्बेनालाई बोलाएको बताइएको छ ।

Advertisement

अमेरिकाअघि जर्मनीको विदेश मन्त्रालयले केजरीवालको सन्दर्भमा निष्पक्ष छानबिन हुनुपर्ने टिप्पणी गरेको थियो । भारतले त्यसपछि जर्मन राजदूतलाई समेत बोलाएर ‘आन्तरिक मामिलामा हस्तक्षेप’ भएको भनेको थियो । यसबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।

बुधबार उच्च अदालतले प्रवर्तन निर्देशनालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अब यस मुद्दाको अर्को सुनुवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको कथित मदिरा घोटाला प्रकरणमा मार्च २१ को राती उनको नयाँ दिल्लीस्थित निवासबाट हिरासतमा लिइएको थियो । भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।

तर केजरीवालको पक्राउ प्रकरणलाई लिएर सबै विपक्षी दलहरुले भने सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । फेरि केजरीवालको घोटाला प्रकरणमा सरकारी साक्षी बनेका ब्यक्ति नै भारतीय जनता पार्टीका चन्दादाता भएको खुलेपछि विपक्षी दलहरु झनै आक्रोशित बनेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top