आज डबल हेडरः गुजरात भर्सेस हैदराबाद, दिल्ली भर्सेस चेन्नई

१८ चैत , एजेन्सी ।

इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाए ।

ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे । यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । लखनऊका लागि मयंक यादवले डेब्युमा ३ विकेट लिन सफल भए भने मोहसिन खानले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको। लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन जोड्यो ।

Advertisement

ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे । यस्तै क्रुनल पण्ड्याले ४३ तथा आज कप्तानी गरेका निकोलस पुरनले ४२ रन बनाए । पञ्जाबका स्याम करनले ३ अर्ष्दिदप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले १–१ विकेट लिए । लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्ने सफल रहेको छ ।

आईपीएलमा आज डबल हेडर अर्थात एक दिनमा २ खेल खेलाइँदैछ । दिनको ३ः४५ बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने दिनको दोस्रो खेलमा साँझ ७ः४५ बजे दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्ने छन् । आईपीएलमा चेन्नईविरुद्ध दिल्लीको रेकर्ड निकै खराब छ । यी दुईबिच हालसम्म २९ वटा खेल भइसकेका छन् । चेन्नईले १९ र दिल्लीले १० मा मात्रै जित हासिल गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top