अरुणाचल चीनको ? ३० स्थानको चिनियाँ नाम राख्यो

१९ चैत , एजेन्सी ।

लामो समयदेखि सीमा विवादमा अल्झिएका नेपालमा दुई ठूला छिमेकी देश भारत र चीनबीचको सम्बन्धमा फेरि दरार उत्पनन भएको छ । सीमामा देखिएका विवाद आपसी समझदारी र वार्ताबाट टुंग्याउने सहमति भएको केही दिन बित्न नपाउदै चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ । यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ । भारतले चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको छ । चीनको आधिकारिक पत्रिका ’ग्लोबल टाइम्स’ को रिपोर्ट अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको हो ।

Advertisement

रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । जसमा ६ वटा नयाँ नाम समावेश भएका थिए । २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो । जहाँ २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो । हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा पनि आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए ।

चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले त्यसको जवाफ दिँदै अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो । त्यसको केही दिनपछि अमेरिकाले पनि अरुणाचल भारतकै भएको जनाएको थियो । यसबीच भारत र चीन बीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कूटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता पनि भएको थियो ।

Advertisement

भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरूबीच बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्ण रुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन—अफ—एक्चुअल कन्ट्रोल” (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरू सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कूटनीतिक र सैनिक सम्वाद सुरु गर्न दुबै पक्ष सहमत भएका छन्, भारतीय विदेश मन्त्रालयले जनाएको छ । “तत्कालका निम्ति, दुबै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top