केजरीवालको आइफोन नखुलेपछि एप्पललाई पत्र

२० चैत ,एजेन्सी ।
छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत एक सातादेखि हिरासतमा छन् । सोमबार मात्रै उनलाई थप १५ दिनका लागि न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ । उनले प्रहरी हिरासतमा रहेपनि दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिएका छैनन् ।

जेलबाट सरकार चलाउने केजरीवाल ,दिल्ली सरकार र उनको दल आम आदम्पी पार्टीले बताउँदै आएको छ । बहुचर्चित मदिरा नीति घोटाला काण्डमा केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले विभिन्न प्रश्नहरु सोधिरहेको छ । भारतीय मिडिया रिपोर्टका अनुसार जाँचको क्रममा ईडीले केजरीवालको मोबाइल फोन खोल्न सकिरहेको छैन् ।

केजरीवालले आफ्नो आईफोन स्विच अफ गरेका छन् र उनी पासवर्ड दिन मानिरहेका छैनन् । यसपछि ई डीले फोनमा रहेको डेटामाथि पहुँच कायम राख्न आईफोन निर्माता कम्पनी एप्पलमा सम्पर्क गरेर सहयोग मागेको छ । एप्पलको आईफोन आफ्नो हाई सेक्युरिटीका कारण चर्चित छ । एन्ड्रोइड स्मार्टफोनको तुलनामा आईफोन धेरै नै सुरक्षित मानिन्छ ।

Advertisement

पार्सवर्ड बिना आईफोनको डेटामा पहँच राख्न सकिदैन । रिपोर्टका अनुसार ईडीले केजरीवालको फोनमा पहँच राख्नका लागि एप्पलमा सम्पर्क गर्दा कम्पनीले यसका लागि पासवर्ड आवश्यक पर्ने जवाफ दिएको छ । ईडीले केजरीवालको ४ वटा फोन जफत गरेको छ । आईफोन प्रयोगकर्ताहरूलाई उनीहरूको डाटा सुरक्षित गर्न एप्पलले पासकोडको सुविधा प्रदान गर्दछ।

यदि एक आईफोन प्रयोगकर्ताले फोनमा पासकोड सेट गर्दछ भने, त्यसपछि अनलक गर्न पासकोड प्रविष्ट गर्नुपर्छ। यो सुरक्षा सुविधासंग आईफोन डाटा २५६ –बिट ब्भ्क् ईन्क्रिप्शन संग ईन्क्रिप्टेड हुन्छ। आईफोनले आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा पनि उपलब्ध गराएको छ जसबाट प्रयोगकर्ताले बारम्बार गलत पासकोड प्रविष्ट गर्दा सम्पूर्ण डाटा मेटाउन सक्छन् ।

यदि अरविन्द केजरीवालको फोनमा यो सेटिङ अन गरिएको छ भने, फोनबाट मिडिया र सबै व्यक्तिगत जानकारी सदाका लागि हटाउन सकिन्छ। त्यसैगरी ६ पटकभन्दा बढी गलत पासकोडले फोन खोल्ने प्रयास गरेमा डिभाइस लक हुनेछ, त्यसपछि प्रयोगकर्तालाई आइफोन असक्षम भएको सन्देश आउँछ। वास्तवमा, त्यहाँ पासकोड बन्द गर्न सेटिङ छ, तर केवल आईफोन प्रयोगकर्ताहरूले यो गर्न सक्छन्। पासकोड बन्द गर्न आईफोन प्रयोगकर्ताको फेसआईडी आवश्यक हुनेछ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top