गृहमा रविः कालीबहादुरमाथि ०६५ मा जाहेरी ८०मा पक्राउ

१९ चैत ८०, मंगलबार

२० चैत , काठमाण्डौ।

माओवादी नेतृत्वको गठबन्धन सरकारमा जनयुद्धका सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल नेतृत्वको सरकार रहेकै बेला जाहेरी परेको लामो समयदेखि पक्राउ पर्न नसकेका माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयलको जिम्मेवारी सम्हालेको अवस्थामा काठमाडौं प्रहरी परिसरको टोलीले खामलाई ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन् । हतियार र नगद चोरी प्रकरणमा खाम नेतृत्वको समूहले २०६५ सालमा व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो ।

Advertisement

२०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए । त्यतिबेला श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा पुर्याइएको थियो । श्रेष्ठको घरमा जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र हतियार चोरी भएको भन्दै श्रेष्ठलाई खामको समूहले उठाएको थियो ।

 

Advertisement

शक्तिखोर शिविरबाट मारिएका रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले खाम र गोविन्द बहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् । बटाला जेल सजाय काटेर रिहा भइसकेका छन् र माओवादी राजनीतिमा क्रियाशील छन् । खामलाई भने फरार बनाएर राखिएको थियो । बटालाविरुद्ध फैसला भएपनि अन्यका हकमा मुद्दामा मुल्तवीमा छ ।

घटनादेखि खाम फरार रहेका थिए । निर्घात कुटपिटपछि सख्त घाइते भएका श्रेष्ठलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएपछि नारायणी नदीमा फ्याँकेको भन्दै डिभिजन हेडक्वार्टरलाई रिपोर्टिङ गरेको र बटालालाई कारबाहीका लागि पठाएको जनमुक्ति सेना नेपाल तेस्रो डिभिजन शक्तिखोरलाई प्रहरीलाई पत्र पठाएको थियो ।श्रेष्ठको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु टाउकोमा धारिलो हतियारको चोटका कारण भएको देखिएको थियो ।

दुई महिना अघि नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । तर उनी अझै पक्राउ पर्न सकेकी छैनन् । जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अदालतले सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी गरेको छ। १५ वर्षअघि भएको हत्याको घटनामा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top