वाइडबडी खरिदमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

२१ चैत ८०, बिहीबार

२२ चैत , काठमाण्डौ  ।

वर्षौदेखिको अलमलपछि अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अख्तियारले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् ।

उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । अख्तियारले पूर्वपर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछानेलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ ।

Advertisement

यस्तै, तत्कालीन सचिव शंकर अधिकारी, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला, आपूर्तिकर्तामा बेलायत निवासी दीपक शर्मालाई समेत प्रतिवादी बनाइएको छ । शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो ।

२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यस बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै थिए । प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आज बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको हो ।

Advertisement

निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो । उजुरी परे पनि अख्तियारले यस प्रकरणको छानबिनलाई अघि बढाएको थिएन । अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो । त्यसपछि लगातार छानबिन र अनुसन्धान जुटेको अख्तियारले बल्ल अनुसन्धान सकेर मुद्दा चलाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top