अमेरिकी विदेश मन्त्री चढेको विमान बिग्रिएपछि

२२ चैत ,एजेन्सी ।

विश्वकै महाशक्ति मानिने अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन चढेको विमान बिग्रिएको छ । ब्लिेन्केनको पछिल्लो युरोप यात्रामा विमान बिग्रिँदा समस्या भएको खुलेको छ । उनी सवार विमान पेरिसमा बिग्रिँदा उनको टोली कारमा घण्टौँ यात्रा गरेर ब्रसेल्स पुग्नु परेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ब्लिन्केनलाई फ्रान्स पु¥याएको अमेरिकी वायु सेनाको विमानमा प्राविधिक समस्या देखिएको बताएका छन् ।

त्यसपछि ब्लिन्केनको टोली १९० माइल सडक यात्रा गरेर नेटो मुख्यालय ब्रसेल्स पुगेको थियो । सोही कारण उनी नेटो गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा ढिला पुगेका थिए । ब्लिन्केन बोइङ ७३७ को पुरानो मोडल चढ्छन्, जसलाई मोडिफाइ गरिएको छ । फ्रान्समा उनले युक्रेन र गाजा युद्धबारे सरकारी अधिकारीहरुसँग छलफल गरेका थिए ।

Advertisement

यसअघि ब्लिन्केनको विमान जनवरीमा स्विट्जरल्यान्डमा पनि बिग्रेको थियो । पछिल्लो समय क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विमान बिग्रेर दुःख पाइरहेका छन् । सेप्टेम्बरमा भारत आएका बेला विमान बिग्रेपछि उनी दुई दिन रोकिएका थिए । यसैबीच यता भारतीय नौसेनाले आफ्नो पी डज्ञ एयरक्राफ्ट, जापान म्यारीटाइम सेल्फ डिफेन्स फोर्स (जेएमएसडीएफ)को साथमा द्वपक्षीय एंटी सबमरीन वारफेयर (एएसडब्ल्यू) र छलफलका लागि जापानको अत्सुगी पुगेको जनाएको छ ।

पीडज्ञ ले जेएमएसडीएफको साथमा समुद्री परीक्षणमा भाग लिनुका साथै एएसडडब्ल्यू संचालनको योजना पनि बनाउने छ । भारतीय नौसेनाले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेको छ, “भारतीय नौसेना पीडज्ञ एयरक्राफ्ट जेएमएसडीएफको साथमा युद्धाभ्यास र अन्य विषयहरुमा छलफलका लागि अत्सुगी पुगेको छ।“ भारतीय रक्षा मंत्रालयले पनि भनेको छ कि भारत र जापान रक्षा र सुरक्षा साझेदारी द्विपक्षीय सम्बन्धहरुको एक अभिन्न स्तंभ हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top