देउवाले नपत्याएपछि एमालेको साथ खोज्दै शेखर

२१ चैत ८०, बिहीबार

२२ चैत , विराटनगर ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला गएको महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवासँग झिनोमतान्तरबाट पराजित भएका नेता हुन् । गिरिजा पुत्री सुजाता चुनाव हारेपछि निष्क्रिए झै देखिएको बेला नेपाली कांग्रेसमा शेखर र शंशाकले कोइराला विरासत धानिरहेका छन् ।

तर यी दाजुभाइ बीचमा पनि एकता देखिदैन् । पार्टी निर्वाचनमा देउवालाई कडा टक्कर दिएपनि देउवाले उनलाई सो हैसियत अझै पार्टी भित्र दिने गरेका छैनन् । पदाधिकारी चयन , उम्मेदवार छनोट, भातृसंगठनमा नियुक्ति वा दलहरुसँगको राजनीतिक सम्बन्धमा समेत कोइरालाको विचार देउवाले सुनेको देखिएको छैन् ।

गएको निर्वाचनपछि बनेको माओवादी र एमालेको गठबन्धन भत्किएर माओवादी कांग्रेससहितको नयाँ गठबन्धन बनेदेखि नै कोइराला सन्तुष्ट थिएनन् । शेखरसहितको विचार त्यो गठबन्धन बनाउने समयमा पनि देउवाले पटक्कै सुनेन् ।

Advertisement

त्यसैले त कोइराला पक्षमा रहेका शीर्ष नेताहरुले तत्कालीन अवस्थामा आफ्नै पार्टी समेत सरकारका रहेको अवस्थामा सरकारकै भरपूर आलोचना गरिरहे । सरकारका राम्रा कामहरुको समेत गठबन्धनबाट प्रचार नभएको भन्दै पटक पटक प्रधानमन्त्रीले देउवासँग गुनासो पोखे।

तर यसका लागि कोइराला पक्षको कुरा नसुन्ने देउवालाई आफ्ना कुरा पार्टीमा राख्ने र लागू हुने अवस्था देखिएन । यसैले त गगन थापाले गठबन्धन भएपनि सरकारबाट बाहिरिएर एकल रुपमा सरकार चलाउनु पर्ने सम्मको अभियक्ति दिए ।

Advertisement

गठबन्धन भित्रकै असमझदारीका बीच नेपाली कांग्रेसको महासमिति बैठकमा उठेका गठबन्धन नगर्नेसम्मका एजेण्डालाई आधार मानेर प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरे ।एमालेलाई फेरि सरकारमा ल्याए ।

कांग्रेस बाहेकको गठबन्धन बनेपछि कांग्रेस एक हुने पार्टी भित्रबाट मात्रै होइन प्रधानमन्त्री प्रचण्डले समेत सदिक्षा प्रकट गरे । तर त्यो आशा र सदक्षा पूरा हुन् सकेन । खास गरी उपनिर्वाचनमा उम्मेदवार छनोटलाई लिएर देउवाकै हालीमुहाली देखिएको छ ।

असन्तुष्ट हुँदै बैठकबाट कोइराला दाजुभाइ बाहिरिदा, इलाममा हारको नतिजाको जिम्मेवार आफू नहुने चेतावनी दिदै गर्दापनि देउवाले आफ्ना पक्षका नेताडम्बर खड्कालाई नै उम्मेदवार बनाएका छन् ।

यस्तै बझाङ प्रदेश सभामा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

देउवाको जोडबलमा पृथ्वी पुत्र अभिषेक उम्मेदवार बनेका छन् । यसरी पार्टी भित्र आफ्ना विचारहरु ओझेल परिरहेको अवस्थामा गृह जिल्ला मोरङमा उत्रिएर शेखरले कांग्रेस र एमाले एक हुनु पर्ने विचार ब्यक्त गरेका छन् ।

देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा (एमाले) एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए ।

उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे । गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए । नेता कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए ।

विगतका अनुभव हेर्दा पनि कांग्रेस र एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न दुई पार्टी मिल्नुको विकल्प नरहेको बताए ।

उनले भने, “पहिलो संविधानसभा चारजना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।“

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top