गायक रविविरुद्ध वैवाहिक बलात्कारको आरोप , पक्राउ पुर्जी जारी

२२ चैत ८०, शुक्रबार

२३ चैत , काठमाण्डौ।

गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गायक ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले जाहेरी दिएकी हुन् । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाइ पक्राउ पुर्जी दिएको हो।

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले प्रकृया अघि बढाएको थियो। ओडकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताएका छन् ।

Advertisement

उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाइदिन पत्राचार गरिसकेको छ। नेपाल आइडल सिजन–२ का लागि कैलालीको धनगढी अडिसनमा कमल खत्रीको जाऊँला रेलैमा‘ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए।

रवि ठाडी भाका, देउडा, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धीका रूपमा नेपाल आइडलमा छाएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वैवाहिक करणी सम्वन्धिको उजुरी इलाका प्रहरी कार्यालय झलारीमा परेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top