इटालीको प्रख्यात शहरमा पर्यटकलाई ५ युरो शुल्क

२३ चैत ,एजेन्सी ।

इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ। यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो ।

यो कदम नहर शहरको नाजुक पूर्वाधार जोगाउन मद्दत गर्ने उद्देश्यले गरिएको बताइएको छ ।

Advertisement

यो शुल्क भेनिस बाहिरबाट आउने आगन्तुकहरूलाई मात्र लगाइनेछ ।

उत्तरी इटालियन शहर यस्तो योजना अनावरण गर्ने देशमा पहिलो हो ।

केही वकालत समूहहरूले शुल्कले कम आय भएका यात्रुहरू विरुद्ध भेदभाव गर्ने र आवागमनको स्वतन्त्रतालाई प्रतिवन्धित गर्ने भन्दै बिरोध गरेका छन् ।

यो शुल्क अप्रिल २९ देखि जुलाई १४ सम्मका ३० शिखर यात्रा दिनहरूका लागि लिइनेछ ।

टिकटहरू अनलाइन खरिद गर्नुपर्छ र गैरकानूनी रूपमा शहरमा प्रवेश गरे ३ सय यूरो जरिवाना हुनसक्छ ।

शहरका बासिन्दाहरू, १४ वर्ष मुनिका बालबालिका, विद्यार्थी, भेनिसका होटलहरूमा बस्ने आगन्तुकहरू वा खेलकुद वा कामसँग सम्बन्धित कार्यक्रमहरूमा आउने मानिसहरूलाई शुल्क लाग्नेछैन ।

बेलुका ४ बजेपछि शहरमा आउनेलाई पनि यो लागू हुने छैन । शहरले टुर ग्रुपका लागि लाउडस्पीकरको प्रयोगमा पनि प्रतिवन्ध लगाएको छ ।

भेनिस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको एक विश्व सम्पदा स्थल हो । युरोपमा सबैभन्दा धेरै भ्रमण गरिएका शहरहरू मध्ये एक हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top