इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नाईको दोस्रो हार

२३ चैत ८०, शनिबार

२४ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । हैदराबादमा गएराति भएको खेलमा घरेलु टोलीले चेन्नईलाई ६ विकेटले हरायो । आईपीएलको जारी सिजनमा यो चेन्नाई सुपर किंग्सको दोस्रो हार हो । चेन्नईले जितका लागि दिएको एक सय ६६ रनको लक्ष्य हैदराबादले १९ ओभर एक बलमा भेट्टायो । हैदराबादका एडन मारक्रमले ५० रन बनाए ।

अभिषेक शर्माले ३७ रन जोडे । चेन्नईका मोइन अलीले दुई तथा महेश थिक्सना र दीपक चाहरले एक÷एक विकेट लिए । त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । उसका शिवम दुवेले ४५ तथा अजिंक्या रहानेले ३५ रन बनाए। यो खेल हारे पनि दुईमा जित र दुईमा हार व्यहोरेर ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाद पाँचौं स्थानमा छ ।

रनरेटका कारण हैदराबादभन्दा लखनउ एकस्थानमा माथि चौथो स्थानमा रहेको छ । सतप्रतिशत जितका साथ समान ६ अंक जोडेका कोलकाता नाइट्स राइडर्स र राजस्थान रोयल्स क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् । लखनउ, पन्जाब र गुजरातको ४–४ तथा बेंगलुरु र दिल्लीको २–२ अंक छ । मुम्बईले खाता खोलेको छैन ।

Advertisement

आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ ।

अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । आईपीएलमा राजस्थान र बैंग्लुरुबिच ३० खेल खेलिएका छन् । राजस्थान १२ मा र बैंग्लुरु १५ खेलमा विजयी भएको छ । यी दुईबिचको ३ खेलको कुनै नतिजा निस्कन सकेन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top