एसएमएस फ्रेन्डसिप कपःनेपाल कि भारतलाई ?

२४ चैत ८०, आइतबार

२५ चैत, काठमाण्डौ।

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो सवा एक बजे सुरु हुनेछ । लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा गुजरातनलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

त्यस्तै तेस्रो खेलमा गुजरातलाई आठ रनले हराएको थियो भने अस्ति शुक्रबार भएको खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरातले बरोडालाई ५७ रन र पाँच विकेटले हराएर फाइनल खेल्न लागेको हो । नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहेको थियो ।

गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । बरोडा ४ खेलमा ३ मा हार १ मा जितसहित पुछारमा रहेको थियो । पछिल्लो खेलमा बरोडाविरुद्द कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई नेपालले विश्राम दिएको थियो ।

यी चार खेलाडी फाइनलमा फर्किंदा आकाश चन्द, ललित राजवंशी, विवेक यादव र प्रतिश जिसि बाहिर बाहिर हुने सम्भावना छ । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । नेपाली टोली एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल फाइनल सकेर उतैबाट ओमान जानेछ ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top