२५ चैत, एजेन्सी ।
भोलि सोमबार उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ ।
दिउँसै अँध्यारो हुने गरी लाग्ने खण्डग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।सबैभन्दा लामो खण्डग्रास सूर्यग्रहण सात मिनेट ३२ सेकेन्डसम्म हुनसक्ने नासाले जनाएको छ ।
कुनै एक ठाउँबाट खण्डग्रास सूर्यग्रहण देखिएको झण्डै तीन सय ७५ वर्षपछि मात्रै त्यही ठाउँबाट अर्को खण्डग्रास सूर्यग्रहण देखिन्छ । तर पृथ्वीको कुनै अर्को ठाउँमा भने चाँडै पनि हुन सक्छ । तर नेपाल भारत लगायतमा त्यो देख्न पाइने छैन् । पूर्ण सूर्यग्रहण एक दुर्लभ घटना हो, जुन धेरै कम व्यक्तिहरूले आफ्नो जीवनकालमा हेर्ने मौका पाउँछन्।
नासाका अनुसार यो पूर्ण सूर्यग्रहण मेक्सिको, अमेरिका र क्यानडामा देखिनेछ । मेक्सिको यो घटना हेर्न पहिलो हुनेछ। स्थानीय समय अनुसार बिहान ११ बजेर ७ मिनेटमा ग्रहण सुरु हुनेछ । यसपछि ग्रहणको मार्ग अमेरिकाका प्रमुख राज्य टेक्सास, ओक्लाहोमा, अर्कान्सास, मिसौरी, इलिनोइस, केन्टकी, इन्डियाना, ओहायो, पेन्सिलभेनिया, न्यूयोर्क, भर्मन्ट, न्यू ह्याम्पशायर र माइन हुँदै जानेछ।
वैज्ञानिकहरुले सूर्यग्रहण नहेर्न र नदेखाउन चेतावनी दिएका छन् । सूर्यग्रहणलाई विशेष चस्माबाट हेर्नु पर्ने वैज्ञानिकहरुको भनाइ छ । प्रत्यक्ष हेर्दा आँखामा समस्या हुने वा अन्धोपन हुन सक्छ। सौर्य चश्मा र फिल्टरहरू आउँछन् जसको माध्यमबाट यसलाई हेर्नु पर्छ। यसबाहेक क्यामेराबाट पनि प्रत्यक्ष रूपमा हेर्न नहुने चेतावनी दिइएको छ ।
यसलाई नासाको युट्युब लाइभ स्ट्रिम मार्फत हेर्न सकिने बताइएको छ । यो नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । सूर्यग्रहण माजातलान सिनोलोआ मेक्सिको, नाजस डुरंगो मेसिक्को ,रडार बेस टेक्सास ,इन्डियानापोलिस, इन्डियाना लगायत नियाग्रा फल्स, न्यूयोर्क, क्यानाडाको ओन्टारियो र मोन्ट्रियलबाट समेत प्रष्ट रुपमा देखिनेछ ।