Nepal Times
Nepal Times
3
Shares

अपराजित कोलकातालाई चेन्नईले चखायो हार

अपराजित कोलकातालाई चेन्नईले चखायो हार

२७ चैत ,एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल जितेका छन् । अङ्क तालिकामा हैदराबाद पाँचौँ र पञ्जाब छैठौँ स्थानमा छ । गएराति भएको खेलमा चेन्नई सुपर किंङ्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ ।

कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५, डर्याल मिचेल २५ र शिवम दुबेले २८ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नट आउट रहे । कोलकाताका वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

त्यसअघि चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २७२ रन बनाएको कोलकाता चेन्नइको बलिङसामु भने चल्न सकेको थिएन । कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ३४, सुनिल नारायण २७, रगुवंशी २४, आन्द्रे रसेल १० र रिंकु सिंह ९ रनमा आउट भए ।

चेन्नइका तुषारदेशपाण्डे र रवीन्द्र जडेजाले ३÷३ तथा मुश्ताफिजुर रहमानले २ र महेश थिक्सेनाले १ विकेट लिए । राजस्थान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । लखनउ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ ।ब

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.