Nepal Times
Nepal Times
3
Shares

रुवाण्डामा नरसंहारको ३० औं वार्षिकोत्सव

रुवाण्डामा नरसंहारको ३० औं वार्षिकोत्सव

२७ चैत ,एजेन्सी ।
सन् १९९४ मा टुत्सी बिरुद्धको नरसंहारको ३० औं वार्षिकोत्सव मनाउन रुवाण्डाले आईतवारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ । राष्ट्रपति पल कागामे र प्रथम महिला जेनेट कागामे, राज्य र सरकारका प्रमुखहरूसहित विदेशी विशिष्ट व्यक्तिहरूको साथमा किगाली नरसंहार स्मारकमा माल्यार्पण गरेर शुरु गरिएको थियो ।

जहाँ २ लाख ५० हजार भन्दा बढी मृतकहरूको अन्त्येष्टि गरिएको छ । रुवाण्डाको राजधानी किगालीको एउटा मैदानमा भाषण गर्नुअघि प्रथम महिलासँगै कागामेले स्मारकमा फ्लेम अफ रिमेम्बरेन्स प्रज्वलन गरेका थिए । कागामेले राष्ट्रिय एकतालाई अँगालेर, एकअर्काप्रति जवाफदेही भएर र त्रासदीको क्षितिजभन्दा बाहिर सोचेर राष्ट्रको पुनरुत्थानका लागि मिलेर गरिएको छनोटको परिणाम स्वरूप नरसंहार पछि रुवाण्डाले ठूलो प्रगति गरेको उल्लेख गरे ।

सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनले विश्व सम्पदाको सूचीमा राखेका देशका विभिन्न भागमा रहेका चार वटा नरसंहारको सम्झनास्थलमा अप्रिल ७ देखि सात दिनसम्म स्मरणको ज्वाला प्रज्वलन गरिँदैछ । सन् १९९४ मा १०० दिनभित्र हुतु चरमपन्थीहरूले गरेको नरसंहारमा करिव १० लाख मानिस मारिएका थिए । जसमा अधिकांश टुत्सी समुदाय र उदारवादी हुटस थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.