×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रेड कार्ड  पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए

२७ चैत्र २०८०

२७ चैत , एजेन्सी ।

 विश्व चर्चित फुटबलर तथा साउदी क्लव अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिइएको खेलमा अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।  मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो।

Advertisement
Advertisement

हिलालको जितमा अल–डावसरी र माल्कमले गोल गरे। नासरको लागि साडियो मानेले १ गोल फर्काए। खेलको ६१औँ मिनेटमा डावसरीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ७२औँ मिनेटमा माल्कमले अग्रता दोब्बर बनाए। ८६औँ मिनेटमा नासारका कप्तान क्रिस्टियानो रोनाल्डो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए।

  हिलालका खेलाडीलाई मुखमा कुहिनाले प्रहार गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। दोस्रो हाफको इन्ज्युरी समयको नवौँ मिनेटमा मानेले गोल गरेका थिए। तर, उनको गोलले नासारलाई फाइनल पु¥याउन सकेन। अल–नासरको हारको क्रममा रातो कार्ड देखाइएपछि रोनाल्डोले रेफ्रीलाई आफ्नो मुट्ठी उचालेको देखियो।

रोनाल्डोले अल–हिलालको अल–बुलाहीलाई कुहिनोले प्रहार गरेपछि सिधा रातो कार्ड देखाइएको थियो, जसले गर्दा उनी खेलको अन्तिम चरणमा मैदानबाट बाहिरिएका थिए । टक्करको कारण अराजकता भयो र रेफ्री मोहम्मद अल होइशले रोनाल्डोलाई रातो कार्ड देखाए, त्यसपछि रोनाल्डोले आफ्नो मुट्ठी उठाएका छन् ।

सामाजिक संजालमा तीव्र भाइरल भइरहेको यो भिडिओमा रोनाल्डोले रेफ्रीलाई मुक्का हानेजस्तो  गरेको देखिन्छ । त्यसलगत्तै  भने रोनाल्डोले मैदान छाडेर रेफ्रीको निर्णयमा ताली बजाएका थिए ।  विश्वभरका करोडौ फ्यानका एक आइडल बनेका रोनाल्डोको मैदानमा देखिएको यो हर्कतको भने तीव्र आलोचना समेत भइरहेको छ ।

Advertisement

 धेरै प्रशंसकहरुले उनमा दम्भ बढेको टिपपणी गरेका छन् । खासगरी अर्का विश्व चर्चित फुटबलर लियोनल मेसीका समर्थकहरुले रोनाल्डोको तीव्र आलोचना गरिरहेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top