×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्मलाका निम्ती न्याय माग्दै विराटनगरमा प्रदर्शन

३० भाद्र २०७५

विराटनगर,भदौ ३०
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका लागि न्याय माग्दै विराटनगरमा प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियान अन्तर्गत देशभर प्रदर्शन भइरहेको बेला शनिबार विराटनगरको ट्राफिक चौकमा पनि प्रदर्शन गरिएको हो ।

दिउँसो १ बजे भएको प्रदर्शनमा युवाहरुले निर्मला पन्तलाई न्याय दिन माग गरेका छन् । उनीहरुले घटना भएको लामो समय भईसक्दा पनि बलात्कार र हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।

Advertisement

प्रहरीले मानसिक सन्तुलन गुमाएको निर्दोष ब्यक्तिलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रदर्शनमा सहभागी विराटनगर निवासी अन्जु दाहालले बताईन् । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न ब्यक्तिलाई चाँडो भन्दा चाँडो पत्ता लगाउनुपर्ने उनको माग थियो ।

Advertisement

प्रदर्शनमा सहभागिहरुले ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’, ‘बलात्कारीलाई जोगाउन पाइँदैन’, ‘पानीजहाज कहिले आउने, निर्मलाले न्याय कहिले पाउने ? कि दुवै उस्तै हुन् ? ’ ‘सरकारले कहिले देखाउने इच्छा ? खै त महिलाको सुरक्षा ’ लगायतका नारा लेखिएका कार्डहरु छातीमा टाँसेका थिए ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top