अब भारतमा पनि टेस्ला कारखाना , मोदीले फकाए मस्क

२९ चैत, एजेन्सी ।

इभी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क यो महिना भारत आउने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उनी भारत आउने भएका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्क यो महिनाको २२ देखि २७ गतेका बीच भारत आउने छन् । मस्कले पनि यस बारे एक्समा पोष्ट गर्दै लेखेका छन्,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न म आतुर छु,’।

मस्कको यो पहिलो भारत भ्रमण हुनेछ । मस्कले आफ्नो भारत भ्रमणका क्रममा टेस्लाको कारखाना निर्माण गर्ने घोषणा गर्न सक्ने आँकलन गरिएको छ । मोदी र मस्कबीच अहिलेसम्म २ पटक भेट भईसकेको छ । यी दुईबीच पहिलोपटक सन् २०१५ मा क्यालिफोर्नियामा रहेको टेस्लाको कारखानामा भेट भएको थियो । त्यपछि सन् २०२३ मा न्यूयोर्कमा यी दुई जनाको भेट भएको थियो ।

मस्कले एक्समा लेखेका छन्,‘भारतमा पनि अन्य देशहरुमा जस्तै इभी कार हुन आवश्यक छ । भारतमा टेस्लाले ईभी कार उपलब्ध गराउनु एउटा स्वभाविक प्रगति हो ।’ मस्क यस्तो समय भारतमा आउन गईरहेका छन्, जुन बेला भारतमा निर्वाचन हुन गईरहेको छ । टेस्लाले भारतमा कारखाना निर्माण गर्नका लागि यसै महिना आफ्नो एउटा टीम पठाउने तयारी समेत गरेको छ ।

जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ । बेलायतको फाइनान्सियल टाइम्सले यसबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार ईभी कार निर्माण कारखानाका लागि उक्त टीमको ध्यान महाराष्ट्र,गुजरात वा तमिलनाडु जस्ता अटोहब राज्यमा केन्द्रित हुन सक्छ । यी राज्यहरुमा बन्दरगाह पनि नजिक पर्ने भएकाले कारखानाका लागि यी स्थानहरु कम्पनीको रोजाइमा पर्ने सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतको केन्द्र सरकारले भारतलाई ईभी उत्पादनको हक बनाउनका लागि नयाँ ईभी नीतिलाई स्वीकृती प्रदान गरेसँगै टेस्लाले भारत प्रवेश गर्ने तयारी गरेको हो । नयाँ ईभी नीतिमा कम्तिमा ४ हजार १५० करोड लगानीको प्रावधान राखिएको छ र अधिकतममा कुनै पनि सीमा तोकिएको छैन । नीतिका अनुसार विदेशी कार उत्पादन कम्पनीहरुले भारतमा व्यवसाय सुरु गर्नका लागि ३ वर्षभित्र भारतमा आफ्नो उत्पादन र ईभीको वयवसायिक उत्पादन सुरु गर्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top