Nepal Times
Nepal Times
3
Shares

रविले ट्राफिक प्रहरीको बोली सुधार्ने, जरिवाना बढाउने 

रविले ट्राफिक प्रहरीको बोली सुधार्ने, जरिवाना बढाउने 

२ वैशाख , काठमाण्डौ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे । गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए । उनले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए ।

गृहमन्त्री लामिटानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरेका छन् । उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए । उनले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए ।

उनले दुर्घटना न्युनिकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए । उनले ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभलाई निरन्तरता दिने पनि बताएका छन् । उनले भने, यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह, कार्यान्वयनमा लैजादैछौं। अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनेछ।

हाल तिराउने गरिएको जरिवाना बढाउँदैछौं । ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिनेछौ्र। चालकसँग १,२ सय लिएर संगठनकै वेइज्जत नगर्नुहोस् । सरकारले वृति(विकासमा ध्यान दिनेछौं । ’ सार्वजनिक यातायात सुधारका लागि पुर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीले माग गरेका छन्। सुधारका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको व्यवसायीहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.