×

NEPAL TIMES UPDATES

Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026

प्रचण्डको कुर्सी हल्लियो, माधव मिले कांग्रेससँग

३ बैशाख २०८१

३ वैशाख ,काठमाण्डौ।

कांग्रेससहितको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनेतृत्वको सरकार र गठबन्धनमा विद्रोह सुरु भएको छ । केन्द्रमा भएको सहमति विपरित सुदूर पश्चिममा मुख्यमन्त्री आफूले पाउनु पर्ने अडानमा रहेको सत्तारुढ दल नेकपा एसले मुख्यमन्त्री आफूले नपाउने भएपछि कांग्रेसपक्षका नागरिक उन्मुक्तिका मुख्यमन्त्रीका उम्मेदवारलाई समर्थन गरेको छ ।

Advertisement
Advertisement

गठबन्धनले भने उन्मुक्तिका रन्जिता पक्षधर नेतालाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । तर माधव नेपाल नेतृत्वको नेकपा एसले भने कांग्रेस समेतको समर्थनमा मुख्यमन्त्रीको उम्मेदवार बनेका उन्मुक्तिका रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेपछि दुई महिना नबित्दै नयाँ गठबन्धनमा नयाँ विद्रोह सुरु भएको छ ।

नेकपा एसको यो व्यवहारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अराजनीतिक घटनाभन्दै आलोचना गरेका छन् । ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन् । उनले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रित समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर गरेका छन् ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथि उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले गठबन्धनको विकल्प सोच्न दबाब बढाएका छन् ।सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा नेकपा एसका प्रदेश सांसदहरूले हस्ताक्षर गरे लगत्तै अन्य प्रदेशमा पनि समर्थन फिर्ता लिन दबाब बढिरहेको पाण्डेले बताएका छन् ।

गण्डकीबाहेक अन्य प्रदेशमा नेकपा एसको कम्तीमा एक सीटदेखि बढीमा ७ सीटसम्मको उपस्थिति छ । संघमा भने १० सिट रहेको छ । बागमतीमा नेकपा एस निर्णायक संख्यामा रहेका कारण बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । नेकपा एसका सचिव समेत रहेका सांसद मेटमणि चौधरीले त नेकपा एस बाहिरिएपछि जसपा पनि सरकारमा नरहने र प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेससहितको समर्थनमा माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति आउने उनको दाबी गरेका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री दिने अडानबाट ओली र प्रचण्ड पछि हटेर नागरिक उन्मुक्तिलाई दिएपछि माधव नेपाल सोमबार बालुवाटार बैठक छाडेर हिँडेका थिए । त्यस लगत्तै प्रदेश सरकार गठनमा नागरिक उन्मुक्तिकै रेशम चौधरी पक्षलाई कांग्रेस र नेकपा एसले समर्थन जनाएका थिए ।

प्रदेश सरकार गठनका लागि नाउपाका २ जनाको अलग अलग दाबी आएपछि प्रदेश प्रमुखले कानूनी परामर्श गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी रेशम वा रन्जिता कसको कब्जामा जान्छ,त्यसको वैधानिक टुंगो भएपछि राजनीतिले फरक कोर्ष लिने दाबी समेत गरिएको छ । किनकि एमाले, माओवादी र रास्वपाबाहेकको बहुमत जुटाउन नागरिक उन्मुक्ति आवश्यक पर्छ ।

नेकपा एस नयाँ ढंगले अघि बढेपछि मधेश, बागमती र लुम्बिनी प्रदेशमा पनि सरकार फेरिन सक्छ । कोशीमा समेत नेकपा एसले गठबन्धनबाट विद्रोह गरेको छ । माओवादी सरकारबाट बाहिरिएपनि नेकपा एसले कोशी सरकार अझै छाडेको छैन् । उता गठबन्धन भत्काउने लक्ष्यमा रहेको नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा साथ दिने निर्णय गरेको छ ।

काङ्ग्रेस नागरिक उन्मुक्ति र राप्रपासहितको समर्थनमा हिजो चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top