टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने , भारतमा एक्सका २ लाख खाता बन्द

४ वैशाख , एजेन्सी ।
विश्वकै धनाढ्य एलोन मस्कको अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी मस्कले कर्मचारीहरूका नाममा पठाएको मेमोमा यस्तो बताइएको हो ।केही क्षेत्रमा कयौं भूमिका र काम दोहोरिएकोले कर्मचारी निकाल्न जरुरी भएको इमेलमा मस्कले भनेका छन् ।

कम्पनीलाई नयाँ चरणको वृद्धिका लागि तयार बनाइरहेकोले लागत घटाउन र उत्पादकत्व बढाउन अति नै जरुरी भएको पनि बताइएको छ । यस क्रममा विश्वभर कम्पनीमा कार्यरत कर्मचारीहरूमध्येबाट १० प्रतिशत भन्दा बढीलाई कामबाट निकाल्ने निर्णय भएको मस्कको भनाइ छ ।

कम्पनीको विक्रीमा उच्च कमी आएको तथ्यांक सार्वजनिक भएको दुई हप्ता भन्दा कम अवधिमै रोजगारी कटौतीको खबर आएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा टेस्लाको विक्री साढे ८ प्रतिशतले घटेको थियो । यो कमी सन् २०२० यताकै पहिलो वार्षिक कमी थियो ।

यसैबिच अमेरिकी खर्बपति व्यापारी मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सले भारतमा २ लाख भन्दा बढी खाता रोक्का गरेको छ । आफ्नो नीति उल्लङ्घन गरेको भन्दै कम्पनीले यही फेब्रुअरी २६ देखि मार्च २५ को बीचमा भारतमा २ लाख १३ हजार खातामा प्रतिबन्ध लगाएको हो । बाल यौन शोषण र नग्नतालाई बढवा दिएको लगायत कारणले खाता बन्द गरिएका हुन् ।

यस बाहेक आतङ्कवादलाई बढवा दिने एकाउन्टमाथि पनि रोक लगाइएको छ । समीक्षा अवधिमा कुल २ लाख १२ हजार ६२७ खाताहरू प्रतिबन्धित भएको रिपोर्टमा उल्लेख गरिएको छ । केही खाताहरू भने एक्समा गैर कानुनी सामग्री शेयर गरिएका कारण प्रतिबन्धमा परेका हुन् ।

यस्तै नक्कली अकाउन्टबाट मुक्ति पाउनका लागि मस्कले एक्समा नयाँ अकाउन्टबाट शुल्क लिने योजना बनाएका छन् । सोमबार एक्स डेली नामक अकाउन्टमा रिप्लाई दिंदै मस्कले एक्सका नयाँ प्रयोगकर्ताबाट सीमित शुल्क लिने योजना बनाइएको खुलाएका हुन् । मस्कले आफ्नै रिप्लाईमा आएको अर्को प्रतिक्रिया दिंदै अकाउन्ट बनाएको तीन महिनापछि मात्र शुल्क नलाग्ने उनको भनाई छ ।

अहिलेसम्म कम्पनीले यो नियम कहिलेदेखि सुरु हुन्छ विषयमा भन्ने स्पष्ट जानकारी बाहिर ल्याएको छैन । गत अक्टोबरमा कम्पनीले भेरिफाइड नभएका प्रयोगकर्ताबाट न्युजिल्यान्ड र फिलिपिन्समा एक वर्षको १ डलर लिन सुरु गरेको थियो । यी क्षेत्रमा रहेका नयाँ प्रयोगकर्ताले पोस्ट हेर्न त पाएका छन्, तर उनीहरूलाई त्यसमा लाइक, रिप्लाई गर्न भने दिइएको छैन ।

कन्टेन्ट पोस्ट गर्न, लाइक, रिप्लाई वा रिपोर्ट गर्न, बुकमार्क तथा कोट पोस्ट गर्न उनीहरूले शुल्क तिर्नुपरेको छ । मस्कले अन्य क्षेत्रमा पनि यो फिचर विस्तार गर्ने योजना बनाइएको बताएका छन् । अप्रिलको सुरुवाततिर कम्पनीले स्पाम अकाउन्टले निम्त्याउने प्रमुख समस्या पहिचान गरिरहेको जनाएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top