भगवानको नाममा भोट मागेपछि मोदीविरुद्ध ६ वर्ष प्रतिबन्धको माग गर्दै मुद्दा दायर

३ बैशाख ८१, मंगलबार

४ वैशाख , एजेन्सी ।
विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश मानिने छिमेकी राष्ट्र भारत यतिबेला लोकसभा निर्वाचनको अन्तिम घडीमा छ । भारतमा पहिलो चरणमा शुक्रबारदेखि मतदान सुरु हुने छ । निर्वाचनको पूर्वाधमा भने तेस्रो पटक देशको प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

निर्वाचनमा सिख र हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर गरिएको छ । यो रिट वकिल आनन्द एस जोन्धलेले दायर गरेका हुन् । याचिकामा जनप्रतिनिधित्व ऐन अन्तर्गत प्रधानमन्त्री मोदीलाई ६ वर्षका लागि निर्वाचनमा अयोग्य ठहराउन निर्वाचन आयोगलाई निर्देशन दिन माग गरिएको छ ।

साथै धार्मिक देवता र पूजास्थलको नाममा भोट माग्न बन्द गर्न पनि निर्देशन दिन भनिएको छ । याचिकामा उत्तर प्रदेशको पिलिभीतमा अप्रिल ९ मा मोदीले दिएको भाषणलाई उद्धृत गरिएको छ । सम्बोधनका क्रममा मोदीले हिन्दु देवता र पूजास्थलका साथै सिख देवता र सिख पूजास्थलको नाममा भाजपालाई भोट दिन मतदातालाई अपिल गरेको जोन्धले बताएका छन् ।

राम मन्दिर आफूले बनाएको भाषणका क्रममा मोदीले भनेको आरोप उनले लगाएका छन् ।भाषणका क्रममा उनले करतारपुर साहिब कोरिडोरको विकास गरेको अनि गुरुद्वाराहरूमा खुवाइने लङ्गरमा प्रयोग हुने सामग्रीमाथिको जीएसटी हटाएको बताएको भनिएको छ ।

अफगानिस्तानबाट गुरु ग्रन्थ साहिबका प्रति फिर्ता पनि उनले नै ल्याएका थिए । प्रधानमन्त्रीले भाषणमा हिन्दु र सिख देवता र तिनका धर्मस्थलको नाममा भोट माग्नुको साथै विपक्षी राजनीतिक दललाई मुस्लिम पक्षधर भएको टिप्पणी पनि गरेको जोधको तर्क छ ।

प्रधानमन्त्री मोदीको उनका कट्टर आलोचक मानिने दिल्लीका मुख्यमन्त्री अरविन्दकेजरीवाललाई मदिरा घोटाला प्रकरणमा हिरासतमा लिएको प्रकरणमा पनि आलोचना हुदै आएको छ । केजरीवाल भने निर्वाचनमा पनि जेल भित्रै रहने भएका छन् । उनको पक्राउविरुद्धको रिटका बारेमा अप्रिल २९मा मात्रै सुनुवाइ हुने भएको छ ।

भारतमा लोक सभा चुनावको मतदान १९ अप्रिलदेखि १ जूनसम्म हुने भएको छ। भारतीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो चरणको मतदान आउँदो ७ वैशाख (१९ अप्रिल) मा हुनेछ। २६ अप्रिलमा दोस्रो, ७ मेमा तेस्रो, १३ मेमा चौथो, २० मेमा पाँचौं, २५ मेमा छैटौं र १ जूनमा सातौं चरणको मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

सबै चरणमा खसेको मतको गणना ४ जून (आउँदो जेठ २२)मा शुरू हुने भएको छ। सन् २०१९ मा सम्पन्न लोक सभाको पाँचवर्षे कार्यकाल आगामी मे महीनामा सकिंदै छ। आयोगका अनुसार लोक सभाका लागि भारतमा ९६ करोड ८८ लाख २१ हजार ९२६ मतदाता छन्।

८५ वर्षभन्दा बढी उमेरका तथा ४० प्रतिशतभन्दा बढी अपांगता भएका मतदाताले चाहेमा घरबाटै मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। लोक सभाको ५४३ सीटका लागि सात चरणमा मतदान हुन लागेको हो।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top