एन्फाका उपाध्यक्ष दावा लामा किन पक्राउ परे ?

४ बैशाख ८१, बुधबार

५ वैशाख ,काठमाण्डौ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताएका छन् । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए।

उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए।

Advertisement

लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए। लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्बल संयोजक बनाएर भित्र्याएका थिए। उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए। लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

लामा सर्लाही घर भएर काठमाडौँ बस्दै आएका थिए। दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top