अत्याधिक गर्मीपछि आङ सान सुकी जेलमुक्त

५ वैशाख , एजेन्सी ।
लामो समयदेखि जेल जीवन बिताइरहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यानमारको सैन्य सरकारले जेलबाट निकालेको छ । उनलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जुन्टाले जानकारी दिएको जर्मनीको विश्व सेवा डीडब्ल्यूले उल्लेख गरेको छ । डीडब्ल्यूका अनुसार म्यानमारमा तापक्रम अचाक्ली बढेसँगै जेलबाट निकालिएको हो ।

सुकीलाई अब उनकै घरमा नजरबन्दमा राखिने सैन्य अधिकारीहरुले बताएका छन् । म्यानमारका सेना प्रमुख जम मित तुले आफ्नो सामाजिक सञ्जालबाट सुकीको जेलबाट रिहाइ भएको सार्वजनिक गरेका छन् । म्यानमारको सैन्य सरकारले सैन्य कु पछि बाह्य राष्ट्रको दबाबलाई वेवास्ता गर्दै आएपनि पछिल्लो समय आन्तरिक गृहयुद्धतर्फ लम्कदै गएको छ ।

गएको सोमबार मात्रै मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा ४ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए ।

Advertisement

पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ । गुम्बामा भएको आक्रमणका कारण दुई बौद्ध भिक्षुसहित तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यसैगरीे आक्रमणमा पिन ऊ ल्विनको वार्डका एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको छ ।

सुकी विभिन्न आपराधिक आरोपमा म्यानमारको राजधानी नेपिताउमा २७ वर्षको जेल सजाय काटिरहेकी छिन् । देशमा चर्को गर्मीका कारण आङ सान सुलाई जेलबाट निकालिएको छ । उनलाई सेनाले नजरबन्दमा राखेको बताइएको छ । आङ सान सुकीका समर्थक र अधिकारवादी समूहहरूले यो राजनीतिक कारणले मनगढन्ते भएको बताएका छन्।

Advertisement

म्यानमारमा सन् २०२१ मा सेनाले निर्वाचित सरकारलाई हटाएपछि राष्ट्रव्यापी द्वन्द्व सुरु भएको छ । त्यसपछि सुकीलाई कैद गरियो र प्रजातान्त्रिक शासन फिर्ताको माग गर्दै अहिंसात्मक विरोधलाई सेनाले दबाउदै आएको छ । म्यानमारमा ३७ डिग्रीभन्दा माथि तापक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top