दीपेन्द्रसिंह ऐरी विश्वकै ११ औं उत्कृष्ट अलराउन्डर

४ बैशाख ८१, बुधबार

५ वैशाख , काठमाण्डौ।

ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर विश्व क्रिकेटको ध्यान खिचेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा निक्कै ठूलो छलाङ मारेका छन् । आईसीसीको टी–२० वरियताको पछिल्लो सूची अनुशार उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

यसअघि उनी २५ औँ स्थानमा थिए । समग्रमा टी–२० ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन्। जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेपछि ऐरीले आइसीसीको वरीयता सूचीमा एकै पटक ठूलो छलाङ मारेका हुन् ।

Advertisement

ब्याट्सम्यानको वरियतामा नेपालका आसिफ शेख ३६ स्थान माथि उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्। कुशल मल्ल ९ स्थान उक्लिएर एक सयौँ नम्बरमा छन्। बलिङतर्फ भने नेपालका कुनैपनि खेलाडी शीर्ष १ सय भित्र हटाउन सकेका छैनन। अलराउण्डरको शीर्ष स्थानमा बंगलादेशमा साकिब अल हसन रहेका छन् भने भारतीय खेलाडीमा हार्दिक पाण्डेय सबैभन्दा माथि ७ औं स्थानमा छन् ।

यसैगरी बलिङ तर्फ इङल्याण्डका आदिल रसिद शीर्षस्थानमा छन् भने श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो स्थानमा छन् । यहाँ भारतका अक्षर पटेल चौथो स्थानमा छन् । टी २० ब्याटिङ तर्फ भारतका सूर्यकुमार शीर्षस्थानमा छन् भने शीर्ष १० भित्र भारतका यशस्वी जैसवाल मात्रै हटाएका छन् । टी २० ब्याटिङको दोस्रो स्थानमा इङल्याण्डका फिल साल्ट रहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top