Nepal Times
Nepal Times
3
Shares

प्रतिबन्धका कारण रोनाल्डोबिनाको खेलमा नासर विजयी

प्रतिबन्धका कारण रोनाल्डोबिनाको खेलमा नासर विजयी

८ वैशाख , एजेन्सी ।

पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा १–० गोलले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३–१ गोलको सानदार पूनरागमन जित दर्ता गरेको हो ।

प्रतिबन्धका कारण भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अल फयाविरुद्ध टोलीमा थिएनन् । चोटका कारण फरवार्ड एन्डर्सन टलिस्का पनि टोलीमा थिएनन् । तर, पनि अल नासरले पूनरागमन जित निकाल्न सफल भयो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल फयाका फेसन सकलाको गोल सान्त्वना बन्यो ।

अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटी रियादमा शुक्रबार राति भएको खेलको छैटौं मिनेटमा फेसन सकलाले गोल गरेपछि अल नासर खेलमा पछि पर्यो । ४२औं मिनेटमा पेनाल्टीको अवसर पाएपनि माने असफल हुँदा अल नासर खेल बराबरी गर्नबाट चुक्यो । त्यसपछि अल नासरले १० मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा ३–१ गालको अग्रता कायम गर्यो ।

अल नासरले बराबरी गोलको लागि ७२औं मिनेटसम्म कुर्नुपर्यो । ७२औं मिनेटमा अब्दुलेह अल एम्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स टेलासको पासलाई सदुपयोग गरे । ७६औं मिनेटमा मानेले गोल गरेपछि अल नासरले खेलमा २–१ को अग्रता लिन सफल भयो । उनले ओटाभियोको पासमा गोल गर्न सफल भए ।

८२औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई पूनरागमन जित दिलाए । उनले यसपटक अब्दुल्लाह अल्खाइवारीको पासलाई सदुपयोग गरे । खेलको अन्त्यतिर भने पाहुना टोली अल फया १० खेलाडीमा समेटियो। ८८औं मिनेटमा फेसन सकला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

यस जितले अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल फया २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ । साउदी प्रो लिगकै अन्य खेलमा अल फाते एफसीले अल रेइडलाई ३–१, अल सवावले अभालाई ५–० ले तथा अल ताईले अल रियादलाई २–१ ले पराजित गरेको छ । अल तावन र अल खालिजले १–१ गोलको बराबरी खेलेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.