सन्दीपको आज सुनुवाइ, जेल कि पुनरावलोकन ?

९ बैशाख ८१, सोमबार

१० वैशाख,काठमाण्डौ।

जिल्लाको फैसला विरुद्ध पुनरावेदन गएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट गौशला २६को जन्ममितिका लाथिग दिएको निवेदनको कागजात मगाउने आदेश दिएका थिए ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ । उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ ।

Advertisement

उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१÷३÷१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ । अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ । सन्दीपलाई गत १३ पुसमा जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्यामा दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्यामा दोषी ठहर गर्दै किशोरी भने नाबालिक नरहेको फैसला सुनाएको थियो । सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवान र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए ।

सन्दीप उच्च अदालत पुगेलगत्तै १ चैत्रमा सरकारी पक्षपनि पीडित गौशला २६ नाबालिक रहेको भन्दै उच्च अदातल पुगेको छ । अदालतले जिल्लाको फैसला सदर गरे सन्दीप जेल जानुपर्नेछ भने पुनरावलोकन गरे अदालतको नयाँ फैसला वमोजिम हुनेछ । अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेसँगै क्यानले सन्दीपलाई क्रिकेटबाट निलम्बन गरिसकेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top